राष्ट्रिय वाणिज्य बैंकका शाखा प्रबन्धकसहित दुर्इ जेल चलान

221
  •  
  •  
  •  

काठमाडाैँ, ५ बैशाख (अाेएनएस) : राष्ट्रिय वाणिज्य बैंकका शाखा प्रबन्धकसहित दुर्इ जना जेल चलान भएका छन्। मोरङ जिल्ला अदालतले तोकेको धरौटी तिर्न नसक्दा वाणिज्य बैंक बन्दरगाहा शाखाका प्रबन्धक तथा काउण्टर इन्चार्ज पूर्पक्षको लागि जेल चलान भएका हुन् ।

शाखाका प्रबन्धक विष्णुप्रसाद निरौला र काउण्टर इन्चार्ज तोर्णराज राउत पूर्पक्षको लागि जेल चलान भएकाे जिल्ला प्रहरी कार्यालय माेरङले जनाएकाे छ।

उनीहरुलाई पैसा नभएको बैंक खाताको अकाउण्ट पेयी चेक दिएर भन्सारबाट माल सामान क्लियरिङ गराउन मिलोमतो गरी बैंकलाई ९ करोड ६१ लाख ५५ हजार घोटाला गरेको आरोप लागेको हाे ।

मोरङ जिल्ला अदालतका न्यायाधीश हरिप्रसाद भण्डारी र बोलेन्द्र रुपाखेतीको संयुक्त इजलाशले निरौलालाई दुई करोड र राउतलाई २ करोड ५० लाख रुपैयाँ धरौटी माग गरेको थियो । अदालतले तोकेको धरौटी बुझाउन नसकेपछि उनीहरु कारागार चलान भएका छन् । बैंकका कर्मचारीले एजेन्टबाट रकम नभएको चेक बुझेका कारण बैंकलाई ९ करोड ६१ लाख ५५ हजार बराबरको नोक्सानी भएको छ ।


  •  
  •  
  •