काठमाडौ, २६ भदौ(ओएनएस) : उपप्रधानमन्त्री प्रकाश मान सिंहले आन्दोलनरत पक्षको शर्त अनुसार नै संविधानको प्रक्रिया रोकेर वार्ताको आव्हान गरिएको बताएका छन् ।
शनिबार राजधानीमा जनसम्पर्क समिति अमेरिकाले आयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री सिंहले प्रक्रिया रोकेर तत्काल वार्तामा आउन अपिल गरिएको भन्दै आफूहरू सकेसम्म अधिकतम सहमति गरेर संविधान ल्याउने पक्षमा रहेको बताएका छन् । उनले आन्दोलनरत पक्षलाई वार्तामा आउन आनाकानी नगर्न समेत आग्रह गरेका छन् ।
संविधान सहमतिको दस्तावेज भएको बताउँदै कुनै पनि दलको चाहना अनुसारको नहुने भएकाले सबैले चित्त बुझाएर प्राप्त उपलब्धीलाई संस्थागत गर्नुपर्ने जोड दिएका छन् । अब पनि निकासका लागि गरिएको प्रयासमा कोही सहभागी हुँदैन भने कुरेर बस्न नसकिने उनको भनाइ छ ।