असोज ४ गतेदेखि नयाँ नोट साट्न पाइने

63
  •  
  •  
  •  

काठमाडौं । राष्ट्र बैंकले असोज ४ गतेदेखि नयाँ नोट सटही गर्ने भएको छ । केन्द्रीय बैंकले दशैतिहार लक्षित गरी २ खर्ब रुपैयाँ बराबरका नयाँ नोट सटही गर्ने भएको हो ।

‘बैंकहरुलाई भने एक साता अघिदेखि नै राष्ट्र बैंकले नयाँ नोट दिन थालेको छ ।
राष्ट्र बैंकले काठमाडौं उपत्यकाको हकमा केन्द्रीय कार्यालय बालुवाटारबाट वितरण गर्नेछ ।

साना र ठूला दरका नोट गरी प्रतिव्यक्ति अधिकतम १८ हजार ५ सय रुपैयाँ वितरण गरिने राष्ट्र बैंकले जनाएको छ । संस्थागत प्रयोजनका लागि भने राष्ट्र बैंकले २ करोडदेखि ५ करोड रुपैयाँसम्म नयाँ तथा सुकिला नोट उपलब्ध गराउने छ ।

दशैंमा नयाँ नोट सटहीका लागि भनेर राष्ट्र बैंकले २ खर्ब रुपैयाँ बराबरका नयाँ नोट स्टकमा राखेको छ । जसमा सानादरका नयाँ नोट ५० अर्ब रुपैयाँ र ठूला दरका नोट १ खर्ब ५० अर्ब रुपैयाँ स्टकमा राखेकोे राष्ट्र बैंकले जानकारी दिएको छ ।


  •  
  •  
  •