यती एयरलाइन्सको विमान ठुलाे दुर्घटनाबाट जोगियो, अन्य उडान प्रभावित

295
  •  
  •  
  •  

काठमाडौं, २७ चैत (अाेएनएस) : यती एयरलाइन्सको विमान ठुलाे दुर्घटना हुनबाट जोगिएकाे छ भने अन्य उडान प्रभावित भएकाे छ। पोखरा विमान स्थलमा उक्त एयरलाइन्सको विमान दुर्घटनाहुनबाट जोगिएको हाे । अवतरणका क्रममा विमानको चक्का ‘लक’ भएपछि समस्या आएको थियो विमान चालक दलका एक सदस्यले बताए।

चक्का लक भएकाे कारणले विमान धावन मार्गमै रोकिएको छ। विमानस्थलमै विमान रोकिएपछि अन्य उडान प्रभावित भएकाे पोखरा विमानस्थलले जनाएकाे छ।

९ एन–एचयू कलसाइन विमानमा दुर्घटना हुनबाट जाेगिएकाे हाे। २८ जना यात्रुसहित विमानले काठमाडौंबाट उडान भरेको थियो। विमानमा सवार यात्रु तथा चालक दलका सदस्य सुरक्षित रहेको पोखरा विमानस्थलले बताएको छ।


  •  
  •  
  •