नर्भिक अस्पतालले जाजरकोटमा स्वास्थ्यकर्मीको टोली पठाउने

216
  •  
  •  
  •  

काठमाडौ, ७ बैशाख (ओएनएस) :  तीन सातादेखि जाजरकोटमा फैलिरहेको सिजनल फ्लुको महामारीमा परिणत भएपछि बसन्त चौधरी फाउण्डेशन तथा नर्भिक इन्टरनेशनल हस्पिटलका स्वास्थ्यकर्मीको टोली त्यसतर्फ पठाउने भएको छ ।

टोलीले वृहत् निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्नेछ । नर्भिकका महाप्रबन्धक रवि शर्माको नेतृत्वमा जाजरकोट जाने नर्भिकको चिकित्सकीय टोलीसहितमा ग्यास्टोइन्टेरोलोजी डा. पुष्प ढकाल, इन्टरनल मेडिसिन–डा. राजीव श्रेष्ठ. मेडिकल अफिसरडा. जस्टिन जङ्ग मल्ल र ल्याब टेक्निसियन तथा आवश्यक अन्य मेडिकल प्राविधिकहरू जानेछन् ।

जाजरकोटको माझकोट गा.वि.स.मा रहने नर्भिकको निःशुल्क स्वास्थ्य शिविरका लागि मंगलबार नर्भिकको  टोली त्यसतर्फ उड्न लागेको हो । टोलीले शिविरका लागि आवश्यक पर्ने औषधि, लगायत सामग्रीहरू समेत साथै लैजाने छ ।  साताब्यापी शिविर मार्फत् माझकोट गा.वि.स. र अन्य आसपासका गा.वि.स. समेतलाई समेट्दै बिरामीहरूलाई सेवा पु¥याउने लक्ष्य रहेको छ ।

सरकारी र अन्य निकायबाट पुगेका चिकित्सहरूको टोली तथा औषधिहरू पर्याप्त हुन नसकेका कारण बसन्त चौधरी फाउण्डेशनको अगुवाईमा नर्भिक इन्टरनेशनल हस्पिटलका चिकित्सकहरूको टोली आवश्यक औषधि सहित त्यसतर्फ जान हो ।

शिविरमा नर्भिकको चिकित्सकीय टोलीले बिरामीहरूको स्वास्थ्य जाँच सम्भव हुन नसक्ने रक्त परीक्षण नर्भिकमा पठाई विशिष्टस्तरको जाँच समेत गर्नेछ । त्यसरी नै सबै बिरामीलाई आवश्यक पर्ने औषधिहरू निःशुल्क वितरण गर्नेछ ।

शिविर सञ्चालन भइरहँदा टोलीले रोग रोकथाम सम्बन्धी जनचेतनामूलक कार्यक्रम समेत सञ्चालन  गर्नेछ । साथै सबै बिरामीहरूलाई आवश्यक पर्ने कपडाको मास्क वितरण र पानी शुद्धिकरण गर्ने औषधिहरू समेत वितरण गर्नेछ ।


  •  
  •  
  •