उत्तर कोरियाले दक्षिण कोरियामा १ घण्टामा पाँच लाख बम खसाल्ने

144
  •  
  •  
  •  

kim-jong-unकाठमाडौँ, २१ बैशाख(एजेन्सी) : दक्षिण कोरियामाथि आक्रमणका लागि उत्तर कोरियाका तानाशाह किम जोंग उनले योजना बनाएका छन् ।
व्हाइट हाउसका एडभाइजरसमेत रहेका भिक्टर चाले आफ्नो पुस्तक ‘दी इम्पोसिबल स्टेट’मा यसबारे खुलासा गरेका छन् ।

भिक्टरका अनुसार उत्तर कोरिया रकेट र मस्टर्ड ग्यास आक्रमणबाट हजारौँ मानिसको ज्यान लिने योजना बनाइरहेको छ । किम जोंग उनले दक्षिण कोरियाली राष्ट्रपति भवनको नक्कल गरेर भवन समेत निर्माण गरेका छन् । त्यस भवनमा आक्रमणको अभ्यास गर्ने गरेको भिक्टरले आफ्नो पुस्तकमा लेखेका छन् ।

भिक्टरले सन् २००४ देखि २००७ सम्म राष्ट्रिय सुरक्षा परिषद्को एसियन अफेयर्स निर्देशकको रूपमा काम गरेका छन् । यसका साथै उनी दक्षिण र उत्तर कोरियाका विज्ञ समेत हुन् । उनका अनुसार युद्ध भएमा उत्तर कोरिया दक्षिणमाथि हरेक घण्टा पाँच लाख रकेट बम खसाल्ने छन् । यसका साथै उनी दक्षिण कोरियामा स्पेशल फोर्सको एयर ल्याण्डिङ गराउन सक्छन् र पावर स्टेशन तथा महत्वपूर्ण भवनहरू ध्वस्त गर्न सक्छन् ।

उत्तर कोरिया ६ लाख रासायनिक आर्म्ड मिसाइलमार्फत दक्षिणको विमानस्थल र प्रमुख ट्रान्सपोर्ट लिंकलाई निशाना बनाउने भिक्टरको भनाइ छ । यसबाट जापान र अमेरिकी सहयोग गर्न नपुगोस भन्ने आशय हो ।

उत्तर कोरिया जमिनको मुनि ४७५ फिटको गहिराईमा सुरूङ बनाउने योजना बनाइरहेको छ, जसले स्पेशल फोर्स दक्षिण कोरियामा प्रवेश गर्न सकोस् ।

भिक्टरका अनुसार पूर्व शासक किम इल संगको समयमा प्योंगयांगमा खास कमाण्ड पोष्ट र सुरूङ पनि थियो, जसमा १ लाख मानिस सम्म रहन सक्थे ।


  •  
  •  
  •