उत्तर कोरियाले भन्याे–परमाणु आक्रमणका लागि तयार

163
  •  
  •  
  •  

AFP
AFP

काठमाडौं, २ वैशाख (एजेन्सी) : उत्तर कोरियाले आफ्नो प्रायद्विपमा उत्तेजना फैलाउने कार्य नर्गन अमेरिकालाई आग्रह गरेको छ।

र, उत्तर कोरियाले आफू परमाणु आक्रमणका लागि तयार रहेको समेत चेतावनी दिएको छ।

उत्तर कोरियाली नेता किम जङ उनले आफ्ना हजुरबुबा तथा देशका संस्थापक नेता किम इल सङको जन्मदिनका अवसरमा आयोजित सैनिक परेडमा सहभागिता जनाउदै उक्त चेतावनी दिएका हुन्।

उत्तर कोरियाली क्षेप्यास्त्र परीक्षणलाई लिएर तनाव चुलिदैँ जाँदा पछिल्लो शक्ति प्रदर्शन गरिएको हो।
उत्तर कोरियाले हालै गरेको क्षेप्यास्त्र परीक्षणपछि कोरियाली प्रायद्वीपमा युद्धपोत तैनाथ गर्न अमेरिकी निर्णयले सो क्षेत्रमा तनावहरु बढेका छन्। 
नेता कमि जोङ–उनले अर्को आणविक परीक्षणको निर्देशन दिन सक्ने पनि अनुमान गरिएको बीबीसीले जनाएको छ।

संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि कुनै पनि प्रकारका आणविक गतिविधि गर्न प्रतिबन्ध लगाएको छ। तर, उत्तर कोरियाले आणविक तथा क्षेप्यास्त्र परीक्षण गर्ने क्रम भने रोकेको छैन।


  •  
  •  
  •