काठमाडौँ, १९ चैत(ओएनएस) : उत्तर कोरियाले अमेरिकामा परमाणु आक्रमण गर्ने धम्की दिएको छ । उत्तर कोरियाको विदेश मन्त्रालयले चेतावनी दिँदै उत्तर कोरियाली सेना देशमाथि हुने सम्भावित खतराको जवाफमा हमलाको तयारी गर्ने आदेश दिएको छ ।
उत्तर कोरियाले आफूसँग परमाणु हतियार रहेको र ती हतियार अमेरिकाको म्यानहटनसम्म पुग्न सक्ने उल्लेख गरेको छ । उत्तर कोरियाको विदेश मन्त्री ली स-योंगले धम्की दिँदै उनको सेना अमेरिकामा परमाणु आक्रमण गर्ने तयारी गरिरहेको बताएका छन् ।
उनले भने, ‘कोरियाली पेनिनसूला यो दुविधामा छ की आफु शान्ति चाहने या थर्मो न्युक्लियर युद्ध गर्न चाहन्छ ।’
उत्तर कोरिया, अमेरिका-दक्षिण कोरियाको संयुकक्त सैनिक अभ्यासबाट रिसाएको छ । गत महिनामा उत्तर कोरियाले लामो, छोटो र मध्यम दूरीका मिसाइलको परिक्षण गरेको थियो ।
यता, उत्तर कोरियाको न्युक्लियर धम्कीका बीच चीन र अमेरिकाले हात मिलाएका छन् । उनीहरू दुवैले उत्तर कोरियाको परमाणु हतियार उत्पादनको विरोध गर्ने भएका छन् ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले उत्तर कोरियाको मिसाइल टेष्टबाट बच्नका लागि अमेरिका र चीन मिलेर काम गर्ने बताएका छन् ।
वासिंटनमा चिनियाँ राष्ट्रपति सी जीनपिंगसँगको छलफलपछि ओबामाले दुवै देश न्युक्लियर फ्रि कोरियाली पेनिनसूला चाहन्छ ।