काठमाडौ, ७ पुस(एजेन्सी) : चलचित्र ‘दी इन्टरभ्यू’लाई लिएर अमेरिका र उत्तर कोरियाबीच तनाव बढिरहेको छ । उत्तर कोरियाले अमेरिकालाई धम्की दिएको छ की यदी अमेरिका ह्याकिङ्गको आरोप फिर्ता लिएन भने उत्तर कोरियाले अमेरिकामाथी जस्तोसुकै आक्रमण गर्न सक्ने चेतावनी दिएको छ ।
उत्तर कोरियाले चलचित्र निर्माणका लागि अमेरिकी सरकारको हात रहेको बताएको छ र अमेरिकाले उत्तर कोरियाका मानिसलाई अपमानित गर्ने प्रयास गरिएको छ । उत्तर कोरियाली सरकारले एक विज्ञप्ती जारी गर्दै अमेरिकाले आफ्नो कार्यहरूमा लगाम लगाएन भने उत्तर कोरियाले अमेरिकाका प्रमुख स्थानहरूमा आक्रमण गर्न सक्छ । उत्तर कोरियाले अमेरिकामाथी साइवरसहित अन्य खाले आक्रमण गर्ने धम्की दिएको छ ।
अमेरिका र उत्तर कोरियाबीच यो विवाद एक चलचित्र ‘दी इन्टरभ्यू’बाट सुरू भएको हो । चलचित्रलाई कमेडी चलचित्र भनिएपनि यसमा उत्तर कोरियाली शासक किम जोंगको हत्या भएको दिखाइएको छ । चलचित्रको प्रोमोहरू सार्वजनिक भएपछि निर्माता कम्पनी ‘सोनी’को कम्प्युटर सिस्टम ह्याक गरिएको थियो । यतिमात्र नभई कम्पनीलाई उक्त चलचित्र सार्वजनिक नगर्न धम्की समेत दिइएको थियो । साथै चलचित्र सार्वजनिक गरिए कम्पनीका कालो धन्दा लगायतका अन्य कर्तूतहरु पनि जनताको सामू खुलासा गरिदिने समेत बताइएको थियो ।
उत्तर कोरियाको धम्की पछि चलचित्र सार्वजनिक गर्न रोक लगाइएको छ । अमेरिकाका राष्ट्रपति बाराक ओबामाले चलचित्र सार्वजनिक गर्न अपिल गर्दै उत्तर कोरियाको धम्कीका कारण चलचित्र रोकिएको भन्दै आफू असन्तुष्ट रहेको बताएका थिए ।
उत्तर कोरियालाई अमेरिकाले आतंकबवादलाई बढावा दिने देशहरुको सूचीमा पुनः राख्न सक्छ । राष्ट्रपति ओबामाले यसको संकेत दिएका छन् । उत्तर कोरियामाथी सोनी पिक्चर्सको ह्याकिङ्ग गरेको आरोप लगाइएको छ । राष्ट्रपति ओबामा सोनी कम्पनीमा भएको साइवर हमला एक युद्धको रूपमा गरिएको भन्ने भनाईलाई मान्न तयार छैनन् ।
एक अन्तरवार्तामा ओबामाले सरकारले आतंकवादलाई बढावा दिने देशको सूचीमा उत्तर कोरियालाई पुनः समावेश गर्ने विषयमा विचार गरिरहेको बताएका छन् । यसका लागि सबै घटनाहरुको जाँच भइरहेको उनको भनाई थियो । यसअघि पनि उत्तर कोरिया दुई दशकसम्म अमेरिकाको आतंकवाद फेलाउने देशहरुको सूचीमा रहेको थियो । अमेरिकाले सन् २००८ बाट मात्र उत्तर कोरियालाई उक्त सूचीबाट हटाएको थियो ।