उत्तर कोरियाले व्हाइट हाउस र पेन्टागनमा न्युक्लियर बम खसाल्ने !

92
  •  
  •  
  •  

काठमाडौ, १२ साउन(एजेन्सी): उत्तर कोरियाका एक उच्च सैनिक अधिकारीले अमेरिकाको राष्ट्रपति भवन व्हाइट हाउस र पेन्टागनमा न्युक्लियर बम खसाल्ने चेतावनी दिएका छन् ।

उत्तर कोरियामा भएको सैन्य र्यालीका क्रममा सैनिक जनरल राजनीतिक ब्युरोका निर्देशक व्हाङ्ग प्योङ्ग-सोले र्यालीलाई सम्बोधन गर्ने क्रममा व्हाइट हाउस र पेन्टागनमा न्युक्लियर बम खसाल्ने चेतावनी दिएका हुन् ।

north korea armyउत्तर कोरियाली सेनाको उच्च अधिकृत रहेका ह्वाङ्गले पछिल्लो समयमा दक्षिण कोरिया र अमेरिकाबीचको सैन्य कार्यक्रमले गर्दा कोरियाली प्रायद्धीपमा तनाव उत्पन्न भएको बताएका छन् । उनले पछिल्लो समयमा अमेरिकाले उत्तर कोरियालाई थर्काइरहेको जनाउँदै उनले यस्तो नगर्न आग्रह गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । उनले भनेका छन्,’यदी अमेरिकाले हाम्रो स्वाभिमान र जीवनशैलीमा धावा बोल्छ भने हाम्रा सेनाले न्युक्लियर हतियारबन्द रकेटहरू व्हाइट हाउस र पेन्टागनमा खसाल्ने छौ ।’

उत्तर कोरियाले विगतमा पनि यस्ता धम्कीहरू दिँदै आएको छ । अमेरिका र आसपासका अमेरिकालाई समर्थन गर्ने क्षेत्रमा आक्रमण गर्ने चेतावनी विगतमा पनि दिँदै आएको हो । तर, पछिल्लो समयमा कोरियाली प्रायद्धीपमा बढेको तनावका कारण यस्तो चेतावनीले थप तनाव सिर्जना गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
तर, धेरै विज्ञहरूले के विश्वास गरेका छन् भने, उत्तर कोरियाले अमेरिकासम्म पुग्ने मिसाइल तयार गर्न निकै लामो समय लाग्ने छ ।

उत्तर कोरियाले तीन पटकसम्म न्युक्लियर टेष्ट गरेको छ । तर, के विश्वास गरिएको छ भने उत्तर कोरियाले उक्त कार्यमा सफल भएको छैन् ।

तस्विरः एपिएफ


  •  
  •  
  •