उत्तर कोरिया मिसाइल परिक्षण गर्ने तयारीमा

187
  •  
  •  
  •  

Sohae Satellite Launchingकाठमाडौँ, २१ माघ(ओएनएस) : उत्तर कोरिया लामो दूरीको क्षेप्यास्त्र परिक्षण गर्ने तयारीमा रहेको छ । जापानका सञ्चारमाध्यम र दक्षिण कोरियाको रक्षा मन्त्रालयले उत्तर कोरियाले परिक्षण केन्द्रबाट क्षेप्यास्त्र परिक्षण गर्नका लागि तयारी भइरहेको गतिविधी आफूहरूले थाहा पाएको उल्लेख गरेका छन् ।

अघिल्लो साता उत्तर कोरियाले फ्रबुअरीमा आफूहरूले सेटेलाइट प्रक्षेपणको तयारी भइरहेको जानकारी दिएको थियो । तर, अन्तराष्ट्रिय रूपमा यस भनाईलाई क्षेप्यास्त्र परिक्षण गर्नका लागि गरिएको तयारी बताइएको छ । क्षेप्यास्त्र परिक्षण गर्न प्रतिबन्ध लगाइएकाले सेटेलाइट प्रक्षेपणको बहानामा क्षेप्यास्त्र परिक्षण गर्ने तयारी रहेको आशंका व्यक्त गरेका छन् ।

उत्तर कोरियाले गत जनवरी ६ मा आफ्नो चौथो आणविक बमको परिक्षण समेत गरेको थियो ।

यस्तै, संयुक्त राष्ट्र संघले पनि कुनै पनि आणविक हतियार परिक्षण गर्न नपाउने भन्दै प्रतिबन्ध लगाएको छ ।

दक्षिण कोरियाली समाचार संस्था योनहपले रक्षा मन्त्रालयका अधिकारीहरूलाई उत्तर कोरियाली परिक्षण केन्द्रमा आफूहरूले कुनै काम भइरहेको पाएको जानकारी दिएका हुन् ।

दक्षिण कोरियाली रक्षा मन्त्रालयका प्रवक्ता मुन साङ-ग्युनले दक्षिण कोरियाले आफ्नो आकाशमा कुनै पनि मिसाइल वा अन्य कुनै शंकास्पद वस्तु देखिए त्यो खसाल्नका लागि पुरा तयारी भइरहेको जानकारी दिएका छन् । दक्षिण कोरियाले केही उडानहरूलाई समेत आफ्नो बाटो परिवर्तन गर्न निर्देशन दिइसकेको जनाएको छ ।

जापानको राष्ट्रिय प्रसारण एनएचकेका अनुसार उत्तर कोरियामा भइरहेको तयारीबारे दक्षिण कोरिया जस्तै समाचार प्रसारित गर्दै रकेट लन्चरहरू परिक्षण केन्द्रमा लगिँदै गरेको उल्लेख गरेको छ ।


  •  
  •  
  •