उत्तर कोरियाद्वारा मिसाइल परीक्षण, विफल भएको दक्षिण कोरियाको दावी

182
  •  
  •  
  •  

काठमाडौँ, १२ बैशाख(ओएनएस) : उत्तर कोरियाले पुनः मिसाइल परिक्षण गरेको छ । उत्तर कोरियाली नेता किम जोंग उनले आफ्नो निगरानीमा उक्त प्रक्षेपण भएको बताइएको छ ।

उत्तर कोरियाली सरकारी समाचार एजेन्सी केसीएनएले नेता किमले आफ्नो व्यक्तिगत निगरानीमा उक्त परिक्षण भएको पुष्टी गरेको छ ।

उक्त मिसाइल परिक्षण पनडुब्बीको माध्यमबाट गरिएको बताइएको छ । एजेन्सीले एक युवा नेतालाई उदृत गर्दै प्योंगयांग अब कुनै पनि समय दक्षिण कोरियाको कठपुतली तथा अमेरिकी साम्राज्यवादीमाथि आक्रमण गर्न सक्षम भएको उल्लेख गरेको छ ।

नेता उनले पनडुब्बीमार्फत गरिएको उक्त मिसाइल परिक्षणको स्वागत गर्दै त्यसलाई अत्यन्त महत्वपूर्ण सफलता भएको बताएका छन् । अमेरिका र बेलायतले परिक्षणलाई संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावको उल्लंघन भएको बताएको छ ।

यता दक्षिण कोरियाली रक्षा मन्त्रालयले परीक्षण विफल भएको हुन सक्ने आशंका गरेको छ । एक पनडुब्बीबाट जापानको समुन्द्रमा छोडिएको मिसाइल मात्र ३० किलोमिटरको दूरीसम्म मात्र उडेको थियो ।


  •  
  •  
  •