खबरदार ! नाम ‘किम जोंग उन’ छ भने परिवर्तन गर

817
  •  
  •  
  •  

kim-jong-unकाठमाडौ, १८ मंसिर(एजेन्सी) : उत्तर कोरियाका अधिकारीहरूले आफ्ना नेता किम जोंग उनको नाम भएका सबैलाई आफ्नो नाम परिवर्तन गर्न आदेश जारी गरेका छन् ।

उत्तर कोरियाको मिडिया केबीएस टेलिभिजन र योनहोपको रिपोर्ट अनुसार उक्त आदेश सन् २०११ मा नै निर्माण गरिएको हो भने यसलाई अहिले मात्र सार्वजनिक गरिएको छ ।

सन् २०११ मा जारी गरिएको दिशा-निर्देशका अनुसार अब जन्मिने कुनै पनि बच्चाको नाम किम जोंग उन राख्न नपाउने र जुन मानिसको नाम किम जोंग उन छ त्यसले आफ्नो जन्मदर्तामा नाम परिवर्तन गरेर लिन आदेश जारी गरिएको छ ।

यो नियम नेता किम जोंग उन मात्र नभई उनका पिता किम जोंग इल र उनका हजुरबुवा किम उलसँगको नामसँग पनि लागू हुनेछ ।

किम जोंग उनका पिता किम जोंग इलको सन् २०११ मा मृत्यु हुँदा आधिकारिक रूपमा किम जोंग उन आफ्नो उत्तराधिकारी बन्ने क्रममा थिए ।


  •  
  •  
  •