उत्तर कोरियाले हाइड्रोजन बम परिक्षण गरेपछि उब्जिए यस्ता प्रश्न

242
  •  
  •  
  •  

north-korea-hydrogen bombकाठमाडौँ, २३ पुस(ओएनएस) : उत्तर कोरियाले हाइड्रोजन बमको परिक्षण गरेपछि विश्वभरमा चर्चा भइरहेको छ । हाइड्रोजन बमको सफल परिक्षणपछि छिमेकी देशहरू जापान, दक्षिण कोरिया लगायत अमेरिका, संयुक्त राष्ट्र संघ सबैतिर आपतकालिन बैठक बोलाएर यसबारे चर्चा भइरहेको छ । उत्तर कोरियालाई समर्थन गर्दै आएको चीनले समेत यस कार्यको विरोध गरेको छ ।

जापानको मन्त्रीपरिषद् बैठक परिक्षण लगत्तै बसेको थियो । जापानी प्रधानमन्त्रीले टेष्टलाई देशको सुरक्षाका लागि खतरा रहेको बताएका छन् भने दक्षिण कोरियाले आफ्नो सेनालाई सतर्क रहन समेत आदेश दिएको छ ।

यसरी सबैतिर चर्चा भइरहेको उत्तर कोरियाको हाइड्रोजन बम टेष्टपछि जनमानसमा समेत अनेकन प्रश्नहरू उब्जिएका छन् । हाइड्रोजन बमका बारेमा जान्न खोज्नेहरू यसबारे खोज गर्न थालेका छन् । यस्तो अवस्थामा सामान्य मानिसको दिमागमा आउने केही प्रश्नहरू यस्ता छन् :-

– के हाइड्रोजन बम परमाणु बम भन्दा शक्तिशाली हुन्छ ?
अमेरिकाले हिरोशिमा र नागासाकीमा खसाएको परमाणू बमले मात्र हिरोसिमा र नागासाकी शहर बरबाद भएको थियो । तर, यदी सोही परिमाणको हाइड्रोजन बम खसालिएको खण्डमा पुरा जापान वा दक्षिण कोरिया बरबाद हुन सक्छ । परमाणु बम विस्फोट हुँदा त्यसका कण मात्र १:३ को दरमा फैलिन्छ । यसलाइ एटोमिक फिजन भनिन्छ । तर, हाइड्रोजन बम खसेको खण्डमा यसका कणहरू पुन: जोडिएर एक अर्को बम बन्छ र अझ शक्तिशाली विस्फोट हुन्छ । यस्तो प्रक्रियालाई एटोमिक फ्युजन भनिन्छ । यसले ठुलो विनाश निम्त्याउन सक्छ ।

-उत्तर कोरियाले यति विनाशकारी बमको परिक्षण किन गरेको ?
अन्तराष्ट्रिय सम्बन्ध विज्ञहरूका अनुसार उत्तर कोरियाले विश्वलाई यो सन्देश दिन चाहन्छ की उसको साथमा परमाणु बमको शक्तिसहित हाइड्रोजन बमको शक्ति रहेको बताउन चाहन्छ र आफ्नो देशलाई विश्वले गम्भिर रूपले हेर्न चेतावनी दिन चाहन्छ ।

– परिक्षण यो बेला नै किन ?
शुक्रबार उत्तर कोरियाका तानाशाह किम जोंग उनको जन्मदिन हो । उनले वर्कर्स पार्टीको बैठकमा मलाई नयाँ वर्षका लागि ठुलो ठाऊँ चाहिन्छ र विश्वलाई देख्ने खालको केही गर्नुपर्छ भनेका कारण यतिबेला गरिएको हुन सक्ने अनुमान गरिएको छ ।

– के हाइड्रोजन बम नै हो त ?
हाइड्रोजन बम नै भएको विषयमा भने शंका गर्ने ठाऊँ रहेको केही अन्तराष्ट्रिय समाचारहरूमा जनाइएको छ । अन्तराष्ट्रिय रक्षा विशेषज्ञहरूका अनुसार उत्तर कोरियालाई साधारण मिसाइल प्रविधी विकसित गर्न पनि गाह्रो भएको बेलामा यो हाइड्रोजन बम नै हो भन्न मुस्किल रहेको छ ।

– यदी हाइड्रोजन बम होइन भने के हो त ?
उत्तर कोरियाले परमाणु बमको बीचमा ट्रिटियम जस्तो पदार्थ राखेको हुन सक्छ जुन हाइड्रोजन बम बनाउनका लागि प्रयोग गर्ने गरिन्छ । यसले परमाणु बमको क्षमता धेरै बढ्छ ।
– छिमेकी देशमा यसको असर पर्छ ?
उत्तर कोरियासँग जापान र दक्षिण कोरियासम्म हमला गर्ने मिसाइल छ । यदी यस्तो बमको उपयोग यी मिसाइलमा प्रयोग गरिए यो चिन्ताको विषय बन्न सक्छ ।
यी र यस्तै प्रश्नहरू धेरै मानिसको दिमागमा घुमिरहेका छन् ।


  •  
  •  
  •