सद्दाम र गद्दाफी जसरी पतन हुन चाहन्नौ : उत्तर कोरिया

242
  •  
  •  
  •  

काठमाडौँ, २६ पुस(एजेन्सी) : उत्तर कोरियाले आफूले केही दिनअघि गरेको परमाणु परीक्षणको बचाऊ गरेको छ । शुक्रबार राती सरकारी एजेन्सी केसीएनएमा प्रकाशित गरिएको एक टिप्पणीमा यदी कुनै देशले परमाणु हतियारको महत्वकांक्षा त्यागेमा उक्त देशले इराक र लिबियाको जस्तै परिमाण भोग्नुपर्ने बताइएको छ ।

इराकमा सद्दाम हुसेन र लिबियामा मुअम्मर गद्दाफीमाथि जे भयो त्यसले परमाणू हतियारको महत्वकांक्षा त्याग्दा के हुन्छ भन्ने ज्ञान हासिल हुने उक्त टिप्पणीमा बताइएको छ ।

उक्त टिप्पणी मार्फत दक्षिण कोरियालाई पनि चेतावनी दिइएको छ । गत बुधबार गरिएको परीक्षणको कोरियाई सीमामा दक्षिण कोरियाले निकै तिव्रताका साथ प्रचार गरेको र उत्तर कोरियाको कारबाही विभाजित प्रायद्वीपलाई युद्धको अवस्थामा लगिरहेको टिप्पणीमा उल्लेख गरिएको छ ।

प्योंगयांगले गरेको चौथो परमाणु परिक्षण ठुलो घटना भएको बताउँदै उत्तर कोरियालाई अमेरिकासहित अन्य सबै शत्रु राष्ट्रबाट आफ्नो सीमाको सुरक्षा गर्नका लागि शक्ति प्रदान गर्ने टिप्पणीमा उल्लेख गरिएको छ । टिप्पणीमा इराकका सद्दाम हुसेनको शासन र लिबियामा गद्दाफीको शासन विनाश हुनुमा उनीहरूलाई परामाणु विकास गर्न वञ्चित गर्नुनै मुख्य कारण भएको उल्लेख गरिएको छ ।


  •  
  •  
  •