उत्तर कोरियाद्वारा लामो दूरीको रकेट प्रक्षेपण

203
  •  
  •  
  •  

काठमाडौँ, २४ माघ(एजेन्सी) : उत्तर कोरियाले आइतबार बिहान लामो दुरीको रकेट प्रक्षेपण गरेको छ । उत्तर कोरियाका शासक तथा अन्य अधिकारीहरूले यसलाई ‘अर्थ अब्जरभेसन सेटेलाइट लन्च’ भएको बताएका छन् । तर, जापान र अमेरिकाले यसलाई मिसाइलको परिक्षण भएको उल्लेख गरेको छ । यो वर्षको सुरूवातमा उत्तर कोरियाले हाइड्रोजन बम परिक्षण गरेर विश्वलाई चकित बनाएको थियो ।

दक्षिण कोरियालाई यसलाई इन्टरनेशनल कम्युनिटीविरूद्ध चुनौती भएको जनाएको छ । यस्तै, जापानका प्रधानमन्त्री शिन्जो आबेले पनि उत्तर कोरियाको यो परिक्षणलाई रोक्नका लागि अपिल गरेका थिए । आबेले भने, ‘हामी यसलाई स्विकृति दिन सक्दैनौँ । हामी यसको निन्दा गर्छौँ ।’

उत्तर कोरियालाई समर्थन गर्ने आएको चीनले पनि यस परिक्षणप्रति चिन्ता व्यक्त गरेको छ । चीनका विदेश मन्त्रालयका प्रवक्ता लू केंगले भने, ‘हामीलाई के विश्वास छ भने उत्तर कोरियाको यो अभ्यासले नजिकैको क्षेत्रमा तनावको माहोल नबनोस् ।’

दक्षिण कोरियाका अधिकारीहरूले परिक्षणको सम्भावनाबारे जानकारी दिँदै प्योंगयांगले आइतबार लामो दूरीको मिसाइल प्रक्षेपण गर्ने उल्लेख गरेका थिए । उनीहरूले सेना प्रक्षेपणका लागि तयार रहेको समेत बताएका थिए । उनीहरूले यस्तो आशंका गर्नुको पछाडि मुख्य कारण के थियो भने उत्तर कोरियाले प्रक्षेपणका लागि पहलो तोकिएको समय ८-२५ फ्रेबुअरीबाट परिवर्तन गरेर ७-१४ फ्रेबुअरी भनेको थियो ।

सियोलका विदेश मन्त्रालयका अनुसार प्योंगयांगले संशोधित योजनाको जानकारी शनिबार इन्टरनेशनल मेरीटाइम अर्गनाइजेशनलाई दिएको छ । उत्तर कोरियाले गरेको रकेट प्रक्षेपणको दक्षिण कोरियाले निन्दा गर्दै ब्यालेस्टिक मिसाइल प्राद्योगिकीको प्रतिबन्धित परिक्षण भएको जनाएको छ ।


  •  
  •  
  •