भ्रष्टाचारको आरोपमा उत्तर कोरियाका सेना प्रमुखलाई फाँसी !

196
  •  
  •  
  •  

north-korea-kim-unकाठमाडौँ, २८ माघ(एजेन्सी) : उत्तर कोरियाका तानाशाह किम जोंगले देशका सेनाप्रमुख जनरल री योंग गिललाई फाँसी दिएका छन् । सेनाप्रमुख गिललाई घुष र गुटबन्दी गरेको आरोप लगाउँदै फाँसी दिइएको अन्तराष्ट्रिय सञ्चारमाध्मयहरुले जनाएका छन् ।

यसभन्दा पहिले तानाशाह डिफेन्स मिनिस्टर समेत आफ्नो केही शक्तिशाली आफन्तलाई समेत मृत्युको सजाय दिइसकेका छन् ।

दक्षिण कोरियाको न्युज एजेन्सी योनहोपले योंगलाई घुष र गुटबन्दीको आरोपमा फाँसी दिइएको दावी गरेको छ । खबरहरूका अनुसार उनलाई यसै महिना फाँसी दिइएको हो । दक्षिण कोरियाको नेशनल इन्टेलिजेन्स एजेन्सीले यस घटनाबारे बोल्नका लागि अस्विकार गरेको बताइएको छ । एजेन्सीले यसलाई पुष्टी गर्न सहज नभएको जनाएको छ ।

सेना प्रमुख जोंग सन् २००२ मा लेफ्टिनेन्ट जनरल बनेका थिए र सन् २००७ देखि २०१२ सम्म सेनामा रोलक्रमअनुसार पाँचौ स्थानमा थिए । उनले सन् २०१० मा कर्नल जनरलको रूपमा बढुवा भएको थियो । उनलाई कोरियाली वर्कर्स पार्टीको सदस्य पनि बनाइएको थियो ।

योंग-गिल प्राय किम जोंगको साथमा देखिने गर्थे । तर, हालै भएको पार्टीको एक महत्वपूर्ण बैठकमा र आइतबार भएको रकेट सार्वजनिक गरेपछिको कार्यक्रम र सरकारी सञ्चारमाध्यमका समाचारहरूबाट उनको नाम हराएको थियो ।

उत्तर कोरियाले आइतबार लामो दूरीको मिसाइल टेष्ट गरेको थियो । यसको करिब एक महिना पहिले उसले आफ्नो चौथो न्युक्लियर टेष्ट गरेको थियो । उक्त टेष्ट हाइड्रोजन बमको टेष्ट भएको दावी गरिँदै आएको छ ।


  •  
  •  
  •