काठमाडौँ, २७ चैत(ओएनएस) : उत्तर कोरियाका तानाशाह किम जोंग उनले अमेरिकासम्म मार हान्न सक्ने मिसाइलको इन्जिनको सफल परिक्षण गरेको दावी गरेका छन् ।
उत्तर कोरियाको सरकारी टेलिभिजनले किम जोंग उनको नयाँ भिडियो जारी गरेको छ, जसमा किम सैनिक ड्रिलको निरीक्षण गरिरहेको देखाइएको छ ।
उत्तर कोरियाले अन्तर महाद्वीपीय ब्यालेष्टिक मिसाइल(आईसीबीएम) को लागि डिजाइन गरेको एक इन्जिनको सफलतापूर्वक परीक्षण गरेको छ । सरकारी समाचार एजेन्सी केसीएनएको समाचार अनुसार उक्त इन्जिनबाट उत्तर कोरियाले अमेरिकी भूभागमा परमाणु आक्रमण गर्न सक्छ ।
उत्तर कोरियाका नेता किमलाई उदृत गर्दै उत्तर कोरियाले धेरै शक्तिशाली परमाणु हतियारबाट अन्तर महादवीप ब्यालेष्टिक रकेट आक्रमण गर्न सक्छ र आफ्नो क्षेत्रबाट अमेरिकी भूभागमा रहेको कुनै पनि शत्रुको विनाश गर्न सक्छ भनिएको छ ।