उत्तर कोरियाले भन्योः बाराक ओबामा ‘बाँदर’

287
  •  
  •  
  •  

Barack-Obamaकाठमाडौ, १२ पुस(एजेन्सी) :  उत्तर कोरियामा करिब ९ घण्टासम्म ठप्प भएको इन्टरनेटको लागी ‘डेमोक्रेटिक पीपुल्स रिपब्लिक अफ कोरिया’ले अमेरिकालाई जिम्मेवार भएको आरोप लगाएको छ ।

उत्तर कोरियाले अमेरिकी राष्ट्रपतिलाई आपत्तिजनक टिप्पणी गरेको छ । ओबामालाई उत्तर कोरियाले बाँदर भनेको छ । उत्तर कोरियाले सोनी साइबर ह्याकिंगमा आफ्नो ह्याकरहरूको हात भएको अमेरिकी भनाईलाई अस्विकार गरेको छ । ‘दी इन्टरभ्यू’मा किम जोंग उनको मृत्युको दृश्य देखाइएकोमा कडा आपत्ति जनाएको छ ।

शनिबार उत्तर कोरियाको शक्तिशाली नेशनल डिफेन्स कमिशनले बाराक ओबामाले जानीजानी किम जोंग उनको मजाक उडाउने खालको चलचित्र सार्वजनिक गरेको आरोप लगाएको छ । डिफेन्स कमिशनले चलचित्रलाई गैरकानुनी र घटिया भएको बताएको छ ।

कोरियाली सेन्ट्रल न्युज एजेन्सीले कमिशनको पोलिसी डिपार्टमेन्टका प्रवक्तालाई उदृत गर्दै भनेको छ, ‘बोल्ने कुरामा ओबामा लापरबाही गर्ने गर्छन् । उनको व्यवहार बाँदरको जस्तो छ ।’

उत्तर कोरियाको यस्तो टिप्पणीमाथी व्हाइट हाउसबाट कुनै प्रतिक्रिया आएको छैन् ।


  •  
  •  
  •