१०० वर्ष बाँच्ने एकमात्र क्रिकेटरको मृत्यु

65
  •  
  •  
  •  

norman gordenकाठमाडौ, १७ भदौ(एजेन्सी) : साउथ अफ्रिकाका तिव्र गतिका पूर्व बलर नोरम्यान गोर्डनको १ सय ३ वर्षको उमेरमा मृत्यु भएको छ । १ सय वर्ष बाच्ने उनी एक मात्र टेष्ट क्रिकेटर हुन् । उनले सन् १९३८-३९ मा ईङ्ल्याण्डविरूद्ध भएको पाँच टेष्टको श्रृंखला खेलेका थिए ।

यस्तै, उनले डर्बानमा १० दिनसम्म भएको टाइमलेस टेष्ट समेत खेलेका थिए । मंगलबार बिहान करिब २ बजेतिर उनको सुतिरहेको अवस्थामा नै मृत्यु भएको हो । उनलाई शारीरिक रूपमा तन्दुरूस्त र फुर्तिलो शरिरका लागि चिन्ने गरिन्थ्यो ।

उनले टाइमलेस टेष्ट क्रिकेटका क्रममा ९२ ओभर २ बल बलिङ गरेका थिए । उक्त समयमा १ ओभरमा ८ बल गर्ने गरिन्थ्यो । उनले दोस्रो विश्वयुद्धका कारण मात्र ५ वटा टेष्ट मात्र खेल्न पाएका थिए ।


  •  
  •  
  •