निर्वाचन भएको नौ महिनापछि १८ जना सभासद मनोनित

107
  •  
  •  
  •  

काठमाडौं, १३ भदौ (ओएनएस) : सरकारले मनोनित गर्ने २६ सभासद मध्ये १८ सभासद मनोनित गरेको छ । शुक्रवार बसेको मन्त्रिपरिषद बैठकले १८ सभासद मनोनित गरेको हो । कांग्रेस, एमाले र राप्रपा नेपालका नेताहरुलाई सभासदमा मनोनयन गरेको छ ।राप्रपा नेपालका तर्फबाट गणेश थापा सभासद भएका छन् । उनी अध्यक्ष कमल थापाका भाइ हुन् ।

संविधानसभाको निर्वाचन भएको नौ महिना पुरा भएपछि सरकारले मन्त्रिापरिषदले नियुक्त गर्ने २६ सभासदमध्ये १८ जनाको मनोनित गरेको छ । नेपाली कांग्रेस, एमाले र राप्रपा नेपालका भागमा परेका सभासद मनोनित गरिएको हो । बाँकी आठ जना सभासद पनि एक दुई दिनमा नै नियुक्त गर्ने सरकारका प्रवक्ता एवं सचारमन्त्री डा. मिनेन्द्र रिजालले जानकारी दिए । एमाओवादी, मधेसी दल र साना दलले आफ्नो भागमा परेका सभासदनको नाम दिन नसक्दा बाँकी ८ जना सभासद मनोनित हुन नसकेको बताइएको छ ।

मनोनित हुने सभासदहरुको सुचि
कांग्रेसको तर्फबाट  राधेश्याम अधिकारी, शिव खड्का, पुष्कर आचार्य, रेशम बानिया, सुकदेव सुतिहार, रुक्मिणी कोइराला, सूर्यदेव दास उराव, उमेश श्रेष्ठ र अनिलकुमार रुङटा रहेका छन् । 

यसैगरी एमालेबाट   उदय नेपाली, अग्नि खरेल, गंगा डांगी, मिरा  धुजु, पेम्बा भोटे,नरेश खरेल  राजन भट्टराई , पर्तमान धिमाल रहेका छन भने राप्रपा नेपाल बाट  गणेश थापा छन् । एमाओवादी, मधेसी र साना दलले आफ्नो मागमा परेका सभासदको नाम बुझाएका छैनन् ।

१८ जना सभासद नियुक्त भएपनि दलहरुबीच आन्तरिक असन्तुष्टि चुलिएको छ । राप्रपा नेपालभित्र अध्यक्ष कमल थापाले भ्रष्टाचारको आरोप लागेका भाई गणेश थापालाई मनोनित गरेको भन्दै विरोध भएको छ । थापा विरुद्ध सर्वोच्चमा रिटसमेत दायर भएको छ भने एमालेभित्र पनि विवाद भएको बताइएको छ । कांग्रेसभित्र पनि एकलौटी ढंगले निर्णय गरिएको भन्दै विरोध भएको छ ।


  •  
  •  
  •