प्रधान नेतृत्वको ओलम्पिक कमिटिसँग कारोबार नगर्न लेखाको निर्देशन

313
  •  
  •  
  •  

Dhurba bdकाठमाडौं, ३ मंसिर (ओएनएस) : संसदको सार्वजनिक लेखा समितिले ध्रुबबहादुर प्रधान नेतृत्वको अन्तर्राष्ट्रिय मान्यताप्राप्त ओलम्पिक कमिटिसँग कारोबार नगर्न सरकारलाई निर्देशन दिएको छ ।

तीन बर्षअघि सर्वाेच्च अदालतले प्रधान नेतृत्वको कमिटिलाई अबैधानिक ठहर गर्दैै रुक्म शमसेर राणा अध्यक्ष रहेको पुरानो ओलम्पिक कमिटिलाई मान्यता दिएको थियो । तर अन्तर्राष्ट्रिय मान्यता पाएको प्रधान नेतृत्वको कमिटि अबैधानिक हुँदाहँुदै पनि सरकारले उक्त कमिटिमार्फत खेलाडीहरुलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पठाउने गरेको छ ।

राणा नेतृत्वको कमिटिलाई राष्ट्रिय मान्यता प्राप्त भएपनि उसले अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीको समन्यवय गर्न नसक्दा अबैधानिक कमिटिसँग काम गर्न बाध्य भएको खेलकुद मन्त्रालयले भन्दै आएको छ ।

बुधबार लेखा समितिमा भएको छफलफलमा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलसँग कमिटिले दुबै ओलम्पिक कमिटिबारे जानाकारी लिएको थियो । मन्त्रीसँग जानकारी लिएपछि समितिले सरकारको नियम नमान्ने संस्थासँग कारोबार नगर्न निर्देशन दिएको हो ।

ओलम्पिक कमिटिको भवन निर्माण र बिभिन्न प्रतियोगिताको लागि आएको रकममा हिनामिना भएको उजुरी परेपछि लेखाले ओलम्पिक कमिटिमाथि छानविन थालेको थियो ।

लेखाले कमिटिभित्र भएको आर्थिक अनियमिति बारे अख्तियारले छानविन गर्दै प्रतिवेदन बुझाउन मन्त्रालयनलाई निर्देशन दिएको थियो ।तर कमिटिले अख्तियारको निर्देशन अनुसारको कुनै पनि कागजात उपलब्ध नगराएको खेलकुद मन्त्रालयका सचिव दिपेन्द्रनाथ शर्माले जानकारी दिएका थिए ।


  •  
  •  
  •