श्रम शोषण गरेको भन्दै ‘इन्टर्न डाक्टर’ ११ दिनदेखि आन्दोलित

153
  •  
  •  
  •  

विराटनगर, ११ असार(ओएनएस) : नोबेल अस्पतालमा ‘इन्टर्न’ गरीरहेका डाक्टरमाथि अस्पताल प्रशासनले श्रम शोषण गरेको भन्दै १ सय २४ डाक्टर आन्दोलनमा उत्रिएका छन् ।

‘इन्टर्न’ डाक्टरहरुको न्यूनतम पारिश्रमिक र धरौटी बापतको रकम फिर्ताको माग गर्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । नोबलमा ‘इन्टर्न’ गरिरहेका कैलालीका गणेश फुलाराले भने ‘ विरामीको सेवा गर्न डाक्टर बन्न आएको हौ । तर, अस्पतालले आन्दोलनकारी बनायो ।’ इन्र्टन गर्दा पाउनुपर्ने न्यूनतम पारिश्रमिक नपाएपछि उनीहरु एघार दिनयता आन्दोलनमा उत्रिएका छन ।

हजार मासिक तलब पाउदै आएका इन्र्टन डाक्टर तलब बढाउने माग राखेर असार १ गते देखि शान्तिपूर्ण आन्दोलनमा उत्रिएपनि अस्पताल प्रशासनले उनीहरुको माग सुनुवाई गरेका छैन् । माग पुरा नगरेपछि मंगलवार देखि उनिहरुले अस्पतालको बहिरांग (ओपिडी) सेवा बन्द गरेका छन् ।

४० लाख रुपैयाँ खर्च गरेर अध्ययन गर्न आएका उनीहरु इन्र्टन अवधीभर न्यूनतम १२ हजार मासिक तलवको माग गर्दै आन्दोलनमा उत्रीएका हुन् । असार–१ गतेबाट सुरु उनिहरुको आन्दोलनमा मेडिकल कजेलमा अध्ययन गर्दै आएका सम्पूर्ण विद्यार्थी उत्रिएका छन् ।

बिहिवारको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षप गरेपछि अस्पतालमा कार्यरत अन्य मेडिकल अफिसरहरु पनि आन्दोलनमा छन् ।

शान्तिपूर्ण रुपमा धर्ना दिइरहेका उनिहरुलाइ प्रहरीहरुले लाठिचार्ज गरेपछि अस्पतालमा कार्यरत अन्य डाक्टरहरु पनि आन्दोलनमा उत्रिएका हुन् ।

तलव बढाउनु पर्न, धरौटी रकम फिर्ता गरिनु पर्ने लगायत २० बुँदे माग राखेर शान्तिपूर्ण आन्दोलनमा उत्रिएका विद्यार्थीलाई बिहिवार प्रहरीले लाठी चार्ज गरेको थियो । प्रहरीले अन्धाधुन्ध लाठीचार्ज गर्दा आधा दर्जन इन्र्टन डाक्टर सामान्य घाइते भएका छन । सो क्रममा प्रहरीले आन्दोलनरत २१ जना इन्र्टन डाक्टरलाई पक्राउ गरको थियो ।

अस्पतालको ओपीडी सेवा बन्द गरेको र सर्वसाधरणलाई असहज बनाएकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरिक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए । उनले पक्राउ परेकालाई आफन्तको जिम्मा लगाइएको थियो । यता अस्पतालका निर्देशक शुनिल शर्माले विद्यार्थीको माग पुरा गर्न नसक्ने बताउदै आएका छन् ।


  •  
  •  
  •