महाधिवेशन ब्यानरमा सुशीलको तस्विर नराख्ने !

406
  •  
  •  
  •  

काठमाडौँ, १८ फागुन(ओएनएस) : नेपाली कांग्रेसको उद्घाटनसत्र २० फागुन काठमाडौको खुला मञ्चमा तय गरिएको छ । दिउँसो १ बजे १३ औं महाधिवेशनको ठूलो ब्यानरमूनि बसेर कांग्रेस नेताहरुले उद्घाटनको कार्यक्रम भव्य बनाउने छन् ।

तर, त्यही ब्यानरका कारण यसपटक कांग्रेसको महाधिवेसनमा कार्यकर्ताले खल्लो महसुस गर्ने भएका छन् । किनकी, ब्यानरमा कांग्रेसका निवर्तमान सभापति स्वर्गिय सुशील कोइरालालाई ‘अपमान’ गरिएको छ । कांग्रेसले आफ्नो महाधिवेसनमा आफ्नो संस्थापन नेता र पूर्व सभापतिलाई विषेश सम्झने गर्छ । त्योमध्ये ब्यानरमा फोटो राख्ने पनि एउटा तरिका हो ।

कोइरालाको १३ औं पुण्य तिथी लगत्तै हुन लागेको १३ औं महाधिवेशनको मूल ब्यानरमा उनको कतै सम्झना गरिएको छैन् । कांग्रेसले ब्यानरमा पूर्व सभापतिका रूपमा बीपी कोइराला, सुवर्ण समशेर, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सर्वमान्य नेताको रूपमा गणेशमान सिंहको तस्विर राखेको छ । तर, स्वर्गीय कोइरालाको तस्विर अटाएको छैन् ।

अहिले महाधिवेसनको संघारमा कांग्रेसभित्र यही कुरा चर्चामा आएको छ । पार्टीभित्र चर्को दवाव परेपछि कोइरालाको फोटो सहितको छुट्टै ब्यानर बनाउने तयारी भएको एक नेताले जानकारी दिए ।


  •  
  •  
  •