कांग्रेसले संसद अवरोध नगर्ने

173
  •  
  •  
  •  

काठमाडौँ, ६ मंसिर(ओएनएस) : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद अवरुद्ध नगर्ने भएको छ । आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकले सरकारको १ सय दिन नपुग्दासम्म संसदमा अवरोध नगर्ने निर्णय गरेको हो ।

बैठकमा कांग्रेसले संसदमा नै बोलेर सरकारलाई दवाव दिने निर्णय गरेको छ । कांग्रेसले सरकारलाई संविधान संशोधनको विधेयक अगाडि बढाउन समेत संसदबाटै दवाव दिने निर्णय गरेको छ । कांग्रेसका मधेसकेन्द्रित सांसदले प्रधानमन्त्री ओलीले संविधान संशोधन विधेयकलाई अघि बढाउन नचाहेको बताउँदै संसद्को रोस्ट्रम घेराउ गर्नुपर्ने दबाब नेतृत्वलाई दिएका थिए । तर, सरकारको सय दिन पनि पुरा नहुँदै रोष्ट्रम घेराउ गर्दा नकारात्मक सन्देश जाने भन्दै बोलेर नै दवाव दिने निर्णय गरेको हो ।

आज बस्ने संसद बैठकमा कार्यवहाक सभापति रामचन्द्र पौडेलले बोल्ने सहमति भएको छ । पौडेलले तराई आन्दोलन, एम्बुलेसन्स तोडफोड, औषधि बोकेको ट्रकमा आगजनी, सीमाकंनलगायतका विषयमा आफ्नो धारणा सार्वजनिक गर्ने सहमति भएको छ । पौडेलले सीमाकंनका विषयमा आफ्नो पार्टी खुल्ला रहेको भन्दै सत्तापक्ष दललाई पनि प्रस्ताव ल्याउन आग्रह गर्नेछन् । संविधान संशोधन विधेयक र पुनर्निमाण प्राधिकरण विधेयक चाँडो पारित गराउन पौडेलले आग्रह गर्ने बताइएको छ ।


  •  
  •  
  •