जापान सरकारद्धारा १० अर्ब सहयोग

342
  •  
  •  
  •  

काठमाडौं, ७ कार्तिक (ओएनएस) : जापान सरकारले नेपाललार्इ १० अर्बकाे सहयोग गर्ने भएकाे छ। बीपी राजमार्ग पुननिर्माणको लागि जापान सरकारले उक्त सहयोग गर्न लागेकाे अर्थमन्त्रायले जनाएकाे छ।

जापान सरकारले नै निर्माण गरिदिएको उक्त राजमार्गको केही भाग २०७२ सालको भुकम्पले भत्किएपछि पुन: निर्माणकाे लागि सहयाेग गर्न लागेकाे हाे ।

जापान सरकारले उपलब्ध गराएको उक्त रकम अर्थमन्त्रायले स्वीकार गर्ने निर्णय समेत गरी सकेकाे छ। सहयोग सम्झौता पत्रमा आगामी बिहिबार अर्थात कात्तिक ८ गते हस्ताक्षर हुने अर्थमन्त्रायलका एक अधिकारीले बताए।

उनका अनुसार जापान सरकारको प्रतिनिधि र अर्थमन्त्रालयका पदाधिकारीबीच भाेलि बिहान ११ बजे हस्तारक्षर हुने छ।


  •  
  •  
  •