सरकार परिवर्तनको आवश्यकता छैन् : कोइराला

185
  •  
  •  
  •  

काठमाडौँ, १ जेठ(ओएनएस) : नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले अहिले सरकार परिवर्तनको आवश्यकता नभएको बताएकी छन् ।

रिपोर्टर्स क्लब नेपालले शनिबार गरेको साक्षात्कारमा कोइरालाले पाँच वर्षसम्म सरकार चल्न नसके प्रजातन्त्र र विकास अगाडि नबढ्ने बताउँदै सरकार परिवर्तनले अस्थिरता ल्याउने उल्लेख गरेकी छन् ।

कोइरालाले प्रजातन्त्रलाई दह्रो बनाउन स्थानीय निर्वाचन आवश्यक भएकाले तत्काल कानुन बनाएर निर्वाचनमा जानु पर्नेमा जोड दिइन् । कोइरालाले नेपाली कांग्रेस जस्तो प्रजातान्त्रिक पार्टीले निर्वाचनसँग डराउन नहुने तर्क गरिन् ।

‘१९ महिनाभित्रमा स्थानीय, प्रादेशिक र आम चुनाव गराउनु छ । निर्वाचन गराउन सके प्रजातन्त्र नै खतरामा पर्छ’, कोइरालाले भनिन्, ‘केपी शर्मा अ‍ोलीजीकै नेतृत्वको सरकारले चुनाव गराएपनि हुन्छ । चुनाव कांग्रेसले नै जित्छ ।’

नेतृ कोइरालाले थपिन,‘यसो भन्दा मलाई ओलीजीको मान्छे भन्लान् तर, मलाई केही फरक पर्दैन । म प्रजातन्त्र र विकासको पक्षमा छु ।’

मधेस आन्दोलन जनताको आन्दोलन नभएकाले कुनै हालतमा सफल नहुने दावी गर्दै मधेसी जनताले आन्दोलन भन्दा पनि विकास खोजेको कोइरालाको दाबी छ ।


  •  
  •  
  •