तत्काल सरकार परिवर्तन सबैका लागि घातक : नेतृ कोइराला

152
  •  
  •  
  •  

sujata koiralaभक्तपुर, १२ जेठ(ओएनएस) : नेपाली कांग्रेसकी नेतृ एवं केन्द्रिय सदस्य सुजाता कोइरालाले तत्काल सरकार परिवर्तन सबैका लागि घातक सावित हुने बताएकी छन् ।

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा कोइरालाले केपी ओली नेतृत्वको सरकारले आर्थिक, सामाजिक विकासको योजना नेपाल र नेपालीको हितमा भएकाले कांग्रेसले समेत सहमति जनाउने भन्दै उनले तत्काल सरकार परिवर्तन गरिए विकासका बाटाहरू बन्द हुने भएकाले तत्काल सरकार परिवर्तन सबैका लागि घातक हुने बताइन् ।

कोइरालाले स्थानीय निकायको निर्वाचन गर्ने मिति सरकारले तोकेपनि एमालेले नै निर्वाचन नचाहेको दावी गर्दै उनले एमालेले स्थानीय निकायको निर्वाचन गर्ने सोच राखेको भए कांग्रेसलाई छलफलका लागि बोलाउनुपर्नेमा कुनै छलफल नभएको उल्लेख गरिन् । स्थानीय निकायको निर्वाचन हुन नसक्दा जताततै भ्रष्टाचार मौलाएकाले भन्दै अहिलेको अवस्थामा निर्वाचन अत्यन्त आवश्यक रहेको टिप्पणी गरेकी छन् ।

प्राधिकरणको काम सुस्त गतिमा भएको गुनासो गर्दै बर्खाको समयमा भुकम्पपीडितहरू थप मारमा पर्ने बताइन् । यसले सबैतर्फ नकारात्मक असर पार्ने भन्दै उनले सरकारले पूनर्निर्माणको कामलाई तिब्रता दिन नेपाली सेना लगायत अन्य युवा दस्ताहरुलाई स्वयम सेवकका रुपमा परिचालन गर्न सक्नु पर्ने उल्लेख गरिन् ।

मधेश आन्दोलनका जायज मागहरुको सम्बोधन गर्नुपर्ने भन्दै कोइरालाले अबको एजेन्डा देशको आर्थिक र सामाजिक विकास भएकाले सबै मिलेर यता लाग्न र तराईलाई समेत आर्थिक बाटो तर्फ अगाडि बढाउन लाग्नु पर्नेमा जोड दिइन् ।

हिन्दु राज्यका बिषयमा नेपाली कांग्रेसभित्र विभिन्न भनाइहरु बाहिर आएता पनि त्यो गलत भएको भन्दै अब साना विषयहरुलाई संविधानमा समेटर संशोधन गर्न सकिए पनि मूख्य विषयहरू जो नेपाली जनताले लेखेका छन् ती परिवर्तन नहुने समेत कोइरालाले दावी गरिन् ।

नेपाली कांग्रसेले आफ्ना भातृ संगठनको निर्वाचन गर्न नसकेको तर्फ सबै केन्द्रित भएर लाग्नु पर्ने भन्दै कोइरालाले यदि बेलैमा काँग्रेसले सोचेर निर्वाचनतर्फ अग्रसर नभए त्यसले कार्यकर्तामा निराशा छाउने बताइन् ।

नेपालका छिमेकी देशहरुसँग सफल कुटनीतिक सम्बन्धको बिस्तार गर्दै बिकासका बिषयलाई एजेन्डाको रुपमा लिएर नेपालले लाभ लिने तर्फ अगाडि बढ्नु पर्नेमा कोइरालाले जोड दिइन् ।


  •  
  •  
  •