कांग्रेस र मोर्चाको अडान कायम, वार्ता निष्कर्षबिहिन

370
  •  
  •  
  •  

काठमाडौँ, २७ मंसिर(ओएनएस) : सरकार, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र आन्दोलनरत मधेसी मोर्चाबीच भएको त्रिपक्षीय वार्ता बिना कुनै सहमति टुङ्गिएको छ ।

वार्तामा मधेसी मोर्चा र कांग्रेसले आ-आफ्नो अडान नछाडेपछि वार्ता बिना निष्कर्ष टुङ्गिएको हो । वार्तामा कांग्रेसले पुन:निर्माण विधेयक र संविधान संशोधन विधेयक एकसाथ संसदमा पेश गर्नुपर्ने अडान राखेको थियो भने मधेसी मोर्चाले दुवै विधेयक एकसाथ संसदमा पेशऔ गर्ने हो भने पहिले प्याकेजमा सहमति हुनुपर्ने अडान दोहोर्‍याएको थियो । मोर्चाले कांग्रेसको प्रस्ताव पुरानै भएको यसमा नयाँ केहि कुरा नभएको बताएको थियो ।

दुवैले आफ्नो अडानलाई कायम राखेपछि वार्तामा कुनै अन्य विषयमा छलफल हुन सकेन र छलफल निर्ष्कषहीन भएको हो ।

बैठकपछि उपप्रधानमन्त्री कमल थापाले सरकार दुवै विधेयक संसदमा पेश गर्न तयार रहेको बताएका छन् ।

वार्ता बिना कुनै सहमति टुङ्गिएपछि कांग्रेसले संसदमा कसरी जाने भन्ने सम्बन्धमा प्रधानमन्त्री र सभामुखसँग छुट्टाछुट्टै छलफल गर्ने जनाएको छ ।

बैठकले अर्को वार्ताको मिति पनि तय गरेको छैन् ।


  •  
  •  
  •