सहमतिबिना संविधान आउन्न : नेता रावल

377
  •  
  •  
  •  

bhim-rawal1अछाम, २७ पुस(ओएनएस) : नेकपा (एमाले)का उपाध्यक्ष एवम् पूर्व गृहमन्त्री भीम रावलले दलहरूबीच सहमयि हुन नसके माघ ८ मा संविधान जारी हुन नसक्ने बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ अछाम शाखाले संविधान निर्माणका लागि दबाब दिने उद्देश्यले आयोजना गरेको कार्यक्रममा रावलले तत्काल सहमति हुन नसके संविधान बन्न नसक्ने बताएका हुन् । उनले एमाओवादी र मधेसी मोर्चासम्बद्ध दलका कारण सहमति बिथोलिरहेको बताए ।

उनले कांग्रेस र एमालेले आफ्ना अडान छाडेर सहमति चाहँदा पनि एमाओवादी र मधेसी मोर्चासम्बद्ध दलले सहमति गर्न नखोजेको आरोप लगाए । उनले एमाओवादी र मधेसी दलहरू प्रक्रियामा पनि जान नमान्ने र सहमतिमा पनि नआउनाले संविधान जारी हुने समयमा संविधान जारी गर्न निकै गाह्रो भएको बताएका छन् । उनले सत्तासीन दलहरूले हदैसम्मको लचकता देखाएको भएपनि सहमति हुन नसक्नु देश तथा जनतालाई धोका भएको बताएका छन् । उनले सहमति र प्रक्रिया दुवैमा सहमति नहुँदा संविधान नबन्ने आशंका उत्पन्न भएको उनको भनाई थियो ।

अहिले एमाओवादीले जातीय राज्यको माग गरेर देशलाई दुर्घटनाको बाटोमा धकिलिरहेको बताउँदै उनले नेपाली जनताले अब शान्ति चाहेकाले यो समय आन्दोलन र बन्द गर्ने समय नभई संविधान निर्माणमा सबै एकजुट हुनुपर्ने समय भएको बताएका छन् ।


  •  
  •  
  •