माघ ८ मा संविधान जारी हुँदैनः बार महासचिव पोखरेल

263
  •  
  •  
  •  

justice_sunil_pokharelभक्तपुर, २२ पुस : नेपाल बार एसोशिएसनका महासचिव सुनिल पोखरेलले माघ ८ मा संविधान जारी हुन नसक्ने बताएका छन् । रफत सञ्चार क्लब भक्तपुरले मंगलबार गरेको अन्तसम्वाद कार्यक्रममा उनले संविधान जारी गर्न नसक्ने भए पनि मस्यौदा मात्र भए पनि जनतासामु जारी गर्नुपर्नेमा जोड दिए ।

माघ ८ पछिको कुन दलको र नेताको भूमिका के हुने भन्ने बारे विवाद भएकाले अहिले संविधान जारी गर्ने विषय ओझेलमा परेको चर्चा गर्दै पोखरेलले माघ ८ मा आउनै नसक्ने संविधान आउँछ भन्नु जनतालाई ढाँट्नु हो भने ।

संविधानसभाका अध्यक्षले संविधानको मस्यौदा आफूलाई बनाउने अधिकार दिनु भन्नु सान्दर्भिक नहुने चर्चा गर्दै यसो गरे संविधानसभाको अधिकार कुण्ठित हुने उनको भनाई छ ।

बार बेन्चबीच अहिले सम्बन्ध चिसिएको भन्दै यी निकाय बीच सम्बन्ध सुमधुर हुनपर्ने भए पनि त्यसो हुन नसकेको उनले चिन्ता व्यक्त गरे ।


  •  
  •  
  •