सरकार परिवर्तनको सम्भावना छैन् : प्रचण्ड

216
  •  
  •  
  •  

विराटनगर, २० बैशाख(ओएनएस) : एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार परिवर्तनको सम्भावना नरहेको स्पष्ट पारेका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीका क्रममा उनले अहिलेको अवस्थामा सरकार परिवर्तन गरेर समस्याको समाधान नहुने बताएका छन् । उनले नेपाली कांग्रेससँग सरकार परिवर्तनका विषयमा कुनै पनि छलफल नभएको प्रष्ट पारेका छन् ।

उनले देशको वर्तमान समस्या समाधानका लागि राष्ट्रिय सहमति आवश्यक हुने बताउँदै यसका लागि दलहरूको ध्यान यसतर्फ केन्द्रित हुनुपर्ने बताए । उनले नयाँ संविधानको कार्यान्वयन, पुनःनिर्माण तथा मधेशको समस्या समाधानको कार्य सहज नभएको भन्दै यसका लागि दलहरूबीच राष्ट्रिय सहमति एकमात्र विकल्प भएको बताएका छन् ।

उनले सरकारले गरिरहेको काम जनताको अपेक्षा अनुरूपको नभएको स्वीकार गर्दै यसलाई सुधार्न आफू पनि लागिपरेको र प्रधानमन्त्री केपी शर्मा ओलीसँग यस विषयमा बारम्बार कुराकानी भइरहेको बताएका छन् ।


  •  
  •  
  •