दिल्लीबाट काठमाडौँ आउन लागेको विमानमा बम नभएको पुष्टी

243
  •  
  •  
  •  

काठमाडौँ, ४ चैत्र(ओएनएस) : भारतको नयाँदिल्लीबाट काठमाडौं आउन लागेको नेपाल वायुसेवा निगमको विमानमा बम रहेको हल्ला चेकजाँचपछि गलत रहेको पुष्टी भएको छ ।

नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूलाई चढाएर उड्नका लागि तयार रहेको आरए–२०६ नम्बरको फ्लाइटमा बम भएको हल्ला चलेपछि विमानमा रहेका यात्रुलाई ओरालेर चेकजाँज गरिएको थियो ।

बम रहेको भनिएको विमानलाई भारतीय सुरक्षा निकायले नियन्त्रणमा लिएर चेकजाँच गरेको थियो । विमानमा बम भएको सूचना विमानस्थलको टावर कक्षमा पुगेपछि उड्न तयारी अवस्थामा रहेको विमानलाई रोकिएको हो ।

पछिल्लो समयमा नयाँदिल्लीबाट उड्न लागेका विमानमा बम भएको हल्ला बारम्बार दोहोरिरहेको छ ।

उक्त विमान आज दिउँसो १२ बजेर ४० मिनेट जाँदा काठमाडौँ आइपुग्नुपर्ने थियो ।


  •  
  •  
  •