नेपाल बन्दमा बागलुङ खुल्ला

240
  •  
  •  
  •  

बागलुङ, २४ चैत (ओएनएस) : एमाओवादी नेतृत्वको ३० दलीय विपक्षी मोर्चाले आह्वान गरेको तीन दिने आम हड्तालको पहिलो दिन बागलुङमा प्रभाव परेको छैन ।

चैत्र २८ गते हुने संविधान सभाको उपनिर्वाचनका बन्दको असर नपरेको हो । बजारका उद्योगधन्दा, पसल, व्यवसाय, यातायात शैक्षिक संस्था निर्बाद रुपमा सुचारु छन् । जिल्लाभर बन्दको प्रभाव नपरेपनि देशका विभिन्न स्थानका लागि छुट्ने तथा भित्रने लामो तथा छोटो दुरीका सवारी भने चल्न नसकेका आवत–जावत प्रभावित भएको छ ।

संविधान सभाको उपनिर्वाचनमा एमाओवादीले पनि उम्मेदवार उठाएर चुनावी अभियानमा लागेको कारण बागलुङ जिल्लाको क्षेत्र नं. १ लाई बन्दको प्रभाव नपार्न जिल्ला प्रशासन कार्यालय बागलुङमा बसेको सर्वपक्षीय बैठकले एमाओवादी सहित ३० दलिय मोर्चालाई आह्वान गरेको थियो ।

उपनिर्वाचन नजिक आएको कारण पनि यतिबेला एमाओवादीका नेता तथा कार्यकर्ता सबै चुनावमा केन्द्रीत भएको कारण पनि बागलुङमा बन्द हड्ताल नगरेका हुन् ।

एमाओवादी सहित ३० दलीय मोर्चाले आव्हान गरेका अन्य आन्दोलनमा समेत चुनावकै कारण बागलुङमा भएका छैनन् ।


  •  
  •  
  •