सरकारलाई माग पुरा गर्न चिकित्सक संघको २४ घण्टे अल्टिमेटम

143
  •  
  •  
  •  

nepal medical associationकाठमाडौ, १४ चैत(ओएनएस) : नेपाल चिकित्सक संघले सात दिन देखि अनशनमा रहेका डा. गोविन्द केसीको माग पुरा गर्न सरकारलाई २४ घण्टे ‘अल्टिमेटम’ दिएको छ । शनिबार बसेको संघको बैठकले केसीको स्वास्थ्य गम्भीर भएको भन्दै तत्काल माग पूरा गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

संघले केसीको मागको माग पूरा गर्न २४ घण्टे अल्टिमेटम दिँदै सोमबारदेखि ओपिडी सेवा अस्पताल बाहिर नै सञ्चालन गर्ने घोषणा गरेको छ । नेपाल चिकित्सक संघका महासचिव मुक्तिराम श्रेष्ठले सरकारले माग पुरा नगरे सबै सेवा बन्द गर्न बाध्य हुने चेतावनी समेत दिएका छन् ।

उनले भने, ‘यो सेवा सधैं भरी चल्न सक्दैन । सरकारले माग पुरा नगरे सबै सेवा भन्द गर्न बाध्य हुनेछौं ।’ सोमबारदेखि हातमा कालो पट्टी बाँधेर विरोध गर्ने श्रेष्ठले बताएका छन् । संघको शनिबार बसेको बैठकले केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको भन्दै उनको माग तत्काल पुरा गर्न सरकारको ध्यानार्षण गराएको छ ।


  •  
  •  
  •