सर्वाेच्चमा पार्टीको भागबण्डाका आधार प्रधानन्यायाधीश नियुक्ती भएकोले समास्या देखियाे : नेता लक्ष्मणलाल कर्ण

298
  •  
  •  
  •  

काठमाडाैँ, १ चैत (ओएनएस) : राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले सर्वाेच्च अदालतमा अहिले देखिएको विवाद दुर्भाग्यपूर्ण भएको भन्दै यो विषयमा कु गर्ने को हुन?भन्ने कुरा एक दुई दिनभित्रै बाहिर आउने स्पष्ट पारे ।

सर्वाेच्च अदालतमा उनले योग्यता र क्षमतालाई बाईपास गर्दै पार्टीको भागबण्डाका आधार प्रधानन्यायाधीश नियुक्ती भएकोले अहिले समस्या देखिएको गुनासो पोखे।

उनले भने,‘अहिलेको घट्नाको सन्दर्भ प्रधानन्यायाधीश जिवितै छन्, पदासिन छन्, शितल निवासमा उहाँले हिजो राष्ट्रपतिलाई सपथ खुवाउनु भयो, अब सपथको बैधानिकता के हो ?’

काठमाडाैँमा अायाेजित एक कार्यक्रमबीच नेता कर्णले यदि पराजुलीले गम्भीर गल्ती नै गरेको हो भने उनलाई राजिनामा दिन लगाएर मात्रै नहुने भन्दै गम्भिर अपराध गरेकोलाई महाभियोग लगाएर हटाउनुपर्ने तर्क गरे ।

उनले भने,‘प्रधानमन्त्रीले किनउहाँलाई राजिनामावाविदामा बस्न भनेर धम्कीदिनुभयो, यदिअपराधीहो भने वाकिर्ते गरेको हो भने महाअभियोग लगाउनुपर्छ, जबरजस्ती घरमा बस्नुहोस् भन्न मिल्छ ?’ कर्णले पराजुलीलाई हटाउने हो भने कानूनसम्म्त ढंगले हटाउनुपर्नेमाजोड दिए ।

पराजुलीको नामको बोर्ड र उनको कुर्सी हटाईयो भन्दै यसलाई नै उनले ‘कु’को संज्ञा दिए ।

उनले भने,‘एकजनापदाधिकारीले अर्कोलाई जबरजस्ती हटाउनु कु हो, देशमाअहिले जुडिसियल कु भएको छ, सर्वोच्चअदालत ईतिहाँसमै यति धेरै पहिलो पटक बद्नामभएको छ।’ अदालतको फैसलाप्रतिजनताको विश्वास घटेकोले अबत्यस्तो घट्ना दोहोरिन दिननहुने उनको तर्क थियो ।


  •  
  •  
  •