​सुन्धारामा लागेको आगो निभाइयो, क्षतिकाे विवरण अाउन बाँकी

331
  •  
  •  
  •  

काठमाडौं, ७ चैत (अाेएनएस) : काठमाडौंको सुन्धारामा स्थित गुलाब मिठाई पसल काे भवनमा बुधबार साँझपख लागेको आगो करिब एक घण्टापछि नियन्त्रणमा आएको छ ।

आगलागी भएको माथिल्लो तलामा फसेकका २०–२५ जनालाई सकुशल उद्धार गरिएको थियो । भवनको भूँइतलाबाट आगो सल्केको प्रहरीको भनाई छ ।

आगलागीमा घाइते भएका १ जनाको वीर अस्पतालमा उपचार भइरहका प्रहरीले जनाएको छ ।

काठमाडौं महानगरपालिकाको कार्यालयसँगै रहेको भवनमा लागेको आगोलाई बारुदयन्त्रका कर्मचारी, सेना र प्रहरीले निभाएका थिए ।

आगो के कारणले लाग्यो र के–कति क्षति भयो भन्ने बारे जानकारी लिने काम भइरहेकाे प्रहरीले जनाएकाे छ।


  •  
  •  
  •