काठमाडौँ, १९ फागुन(ओएनएस) : नेपाली कांग्रेस १३ औँ महाधिवेशनमा सहभागि हुन बिहारका मुख्यमन्त्री नितिश कुमार काठमाडौं आइपुगेका छन् ।
आज दिउँसो उनी त्रिभुवन विमानस्थलमा उत्रिएका छन् । उनलाई स्वागत गर्न कांग्रेस विदेश विभागका पदाधिकारीहरु एयरपोर्ट पुगेका थिए । अहिले उनी होटल द्वारिकामा बसेका छन् । त्यहाँ उनले सम्बोधन समेत गर्ने कार्यक्रम रहेको छ ।
पटक–पटक नेपाल आउन खाजेपनि उनले केन्द्र सरकारबाट स्विकृती पाउन सकेका थिएनन् । भारतका प्रदेशको मुख्य मन्त्रीले विदेश भ्रमण गर्न केन्द्रबाट स्विकृत लिनुपर्ने हुन्छ । त्यसकारण उनी सरकारमा रहँदा नेपाल आउन सकेका थिएनन् ।
उनले अहिले साँझ प्रधानमन्त्री केपी ओलीलाई भेट्ने छन् । राष्ट्रपति विद्या भण्डारीलाई भेट्ने कार्यक्रम रहेको छ । यस्तै, होटलमै उनले मधेसी दलका नेताहरुलाई भेट्ने कार्यक्रम रहेको पनि निकटस्थ स्रोतले बताएको छ । उनी आजै महाराजगंज पुगेर सुशील कोइराला प्रति श्रद्धान्जली दिने कार्यक्रम समेत रहेको छ ।