प्रदेश न. ५ को नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

102
  •  
  •  
  •  

बुटवल, ९ जेठ(ओएनएस) : प्रदेश न. ५ को नीति कार्यक्रम प्रदेश सभाको बैठकमा आज प्रस्तुत हुँदैछ ।

अपरान्ह ३ बजे बोलाइएको बैठकमा प्रदेश प्रमुख उमाकान्त झाले प्रदेश सरकारको आर्थिक वर्ष २०७६/०७७ को लागि नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची रहेको छ ।

मन्त्रीपरिषदको मंगलबारको बैठकले आज पेश हुने नीति कार्यक्रम पारित गरी प्रदेश प्रमुख उमाकान्त झालाई नीति कार्यक्रम वाचनका लागि अनुरोध गर्ने निर्णय गरेको थियो ।

आगामी आर्थिक वर्षको नीति कार्यक्रममा चालु आर्थिक वर्षमा समावेश भएका कार्यक्रमलाई निरन्तरता दिनुका साथै प्रदेश योजना आयोगले तयार पारेको आवधिक योजनाका आधारमा कार्यक्रमहरु समेटिने बताइएको छ ।
आगामी योजनामा कृषि, पर्यटनलाई विशेष ध्यान दिइने जनाएको छ ।


  •  
  •  
  •