अार्थिक हिसाब नबुझाएकाे भन्दै विद्यालयबाट प्रधानाध्यापक निष्कासित

286
  •  
  •  
  •  

काठमाडौं, २ चैत (ओएनएस): महोत्तरी एक विद्यालयकाे व्यवस्थापन समितिले प्रधानाध्यापकलार्इ अार्थिक हिसाब हिसाब नबुझाएकाे भन्दै विद्यालयबाट निष्कासित गरेकाे छ।

समितिले बारम्बार हिसाव माग्दा पनि बेवास्ता गरेको भन्दै राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक राजकिशोर सिंहलाई पदमुक्त गरेको हाे ।

अहिलेकोे लागि यही विद्यालयमा राहतमा कार्यरत शिक्षक देवीप्रसाद घिमिरेलाई निमित्त प्रधानाध्यापकको रुपमा पूरा जिम्मेवारी दिएर सिंहलाई पदमुक्त गरिएको समितिका सदस्य महेश महतोले बताए।

समितिले धेरैपटक छलफलमा बोलाएर हिसाव माग गर्दा पनि आफूहरुको मागको बेवास्ता गरी आफूखुशी ढंगले विद्यालय सञ्चालन गरेको भन्दै समितिले शुक्रबार प्रधानाध्यापक सिंहलाई पदमुक्त गरेको हो।

समितिका सदस्य महतोका अनुसार प्रधानाध्यापक सिंहलाई समितिले यसभन्दा अगाडि पनि पटक–पटक स्पष्टीकरण माग गरेको थियो ।

तर, राजकिशोर सिंहले भने यही फागुन २८ गतेका दिन आफू बहिनीको विवाहमा गएको मौका छोपी राजनीतिक तवरले आफूलाई पदमुक्त गरेको दाबी गरेका छन्।

उनले भने,’विद्यालयको अार्थिक देखि सबै हिसाव एक महिना अगाडि नै स्थानीय जनप्रतिनिधि समक्ष आफूले पारदर्शी रुपमै प्रस्तुत गरी अनुमोदन भइसकेको अवस्थामा मलार्इ राजनीतिक हस्तक्षेप गरी पदमुक्त हाे’


  •  
  •  
  •