नेपालको नयाँ नक्सासहितको निशान छाप राजपत्रमा प्रकाशित

663
  •  
  •  
  •  

काठमाडौं । लिम्पियाधुरासहितको भूभाग नेपालको निशान छापमा समावेश गरी सूचना राजपत्रमा प्रकाशित भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार संविधान संशोधन विधेयक प्रमाणीकरण गरेपछि यसलाई राजपत्रमा सूचना प्रकाशित गर्न पठाइएको थियो ।

संघीय संसदको दुवै सदनले संविधान संशोधन विधेयकलाई सर्वसम्मतिले पारित गरेका थिए । योसँगै नेपालको नक्सामा छुटेको भूमि समेटिएको छ ।

संसदमा संशोधन विधेयक दर्ता भएको २८ औं दिनमा राष्ट्रिय सहमतिसहित बिहीबार संशोधन प्रक्रियाले पूर्णता पाएको हो ।

 


  •  
  •  
  •