कला क्षेत्रमा आम्दानी र खर्च दुवै राम्रैः डान्सर पुरी

668
  •  
  •  
  •  

निशा पुरी कलाकारिता क्षेत्रमा जम्ने उद्देश्यका साथ अगाडि बढ्दैछिन् । बर्दियामा जन्मेर काठमाडौँमा संघर्षरत पुरीसँग गरिएको कुराकानीः

कसरी लाग्नुभयो कलाकारितामा ?
सानैदेखि नाच्ने स्वभाव थियो । ६ कक्षामा पढ्दा देखि नै पछि गएर डान्सर बन्छु भन्ने थियो । गाउँघरमा हुने पूजा, बिहे जस्ता कार्यक्रमहरुमा नाच्न छुटाउदिन थिएँ । क्लास गएर डान्स सिकेँ । तीजको गीतबाट अभिनयमा हात हालेँ ।

एसएलसी लगत्तै काठमाडौँ आउनुभयो तर किन् यो क्षेत्रमा त्यतिबेलै लाग्नुभएन ?
म काठमाडौँ आएको ७ वर्षजति भइसक्यो । मिहेनत गरेको थिएँ तर भाग्यले साथ दिएन वा के भयो कलाकारिता क्षेत्रमा आउने मौका मिलेन । जव पनि गरेँ । तीन चार वर्ष त डान्स गर्न पनि छाडेँ । जवकै सिलसिलामा मेरो लक्ष्य मोडल बन्ने छ भने किन डान्स छोड्ने भन्ने लग्यो । त्यसपछि ७४ सालदेखि कलाकारिता क्षेत्रमा सक्रिय भएर लागेकी छु ।

बाहिर बसेर हेर्दा कस्तो लागेको थियो र भित्र छिरेपछि कस्तो पाउनुभयो कलाकारिता क्षेत्र ?
बाहिरबाट हेर्दा त कल्पनाको सागर जस्तै लाग्यो । कति राम्रो होला, नाम चलिरहेको छ, पैसा पनि राम्रो होला । तर, यहाँ जिम्मेवारी पनि धेरै हुँदा रहेछन् । एउटा भिडियो गर्नासाथ छोडने कुरा पनि हुँदैन । मिहेनत पनि धेरै आवश्यक पर्छ । कला क्षेत्रको बारेमा सोच्दासोच्दै कहिले त निन्द्रा पनि लाग्दैन ।

घरपरिवारको सपोर्ट छ ?
कला क्षेत्रमा मेरो घरपरिवारको कोही पनि हुनुहुन्न । आफ्नो ठाउँका त धेरै हुनुहुन्छ तर काठमाडौँले आफ्नालाई पनि चिन्दोरहेनछ । आफ्नै मिहेनत र परिश्रमले गर्दा यहँसम्म आइपुगेकी छु । घरपरिवारको सपोर्ट भएकै कारण अगाडि बढ्न सहज भइरहेको छ । फ्रिडम फ्यामेलीको मान्छे भएकाले ड्याडी र ममीको धेरै सपोर्ट छ । घरपरिवारबाट त छोरी मान्छे, यस्तो लगाउनुपर्छ, यस्तो लगाउनुहुँदैन भनेर कहिल्यै भन्नुभएन । राम्रो गर, नराम्रो नगर चाहिँ भन्नुहुन्छ । म पनि के राम्रो, के नराम्रो भनेर छुट्याउन सक्छु । त्यही कारणले गर्दा पनि हामीलाई सजिलो भएको छ ।

फिल्ममा अभिनय गर्ने सोच छ कि छैन ?
फिल्ममा पनि अफर आएको छ । डान्स र म्युजिक भिडियोमा काम गर्दैछु । स्टेज कार्यक्रमहरुमा दर्शकहरुले साथ दिइरहनुभएको छ । अझै धेरै काम गर्न बाँकी छ । विस्तारै फिल्मी क्षेत्रमा पनि जाने सोच छ ।

 

अहिले चाहिँ केमा विजी हुनुहुन्छ ?
महोत्सवको सिजन सुरु भएको छ । अघिल्लो महिना पनि धेरै कार्यक्रमहरुमा विजी भइयो । अहिले पनि धेरै कार्यक्रमहरु छन् । चितवन, बुटवल, धरान, पोखरा, नेपालगञ्ज, कोहलपुरमा पनि कार्यक्रम हुँदैछ । त्यसकै लागि व्यस्त छु ।

आम्दानी राम्रै हुन्छ ?
आम्दानी हुन्छ, सोही अनुसारको खर्च पनि हुन्छ । राम्री हुनैप¥यो…हाहाहा । सपिङ पनि गर्नैप¥यो । ड्रेसहरु नयाँ नै चाहिन्छ । आम्दानी पनि राम्रै हुन्छ र खर्च पनि राम्रै हुन्छ ।

कला क्षेत्रमा आएपछि सवैभन्दा खुशी लागेको क्षण कुन हो ?
पहिलो म्युजिक भिडियो गर्दा एकदम खुशी थिए । अभिनय गर्दा पनि खुशी थिए, रिलिज भएर हेर्दा सोचेभन्दा धेरै राम्रो भएछ । त्यतिबेला झन बढी खुशी भएँ ।

दुःखी भएको क्षण चाहिँ ?
अहिले पनि दुःखी हुन्छु । कहिलेकाही सोचेजस्तो काम हुँदैन । मिहेनत गर्दा पनि काम नबन्दा दुःख अवश्य लाग्छ । मिहेनतलाई मान्छेले नचिन्दा दुःख लाग्छ ।

सवैभन्दा मनपर्ने कलाकार को हो ?
मलाई सवै कलाकार मनपर्छ । एउटै भन्दा चाहिँ नायिका रेखा थापा ।

भविश्यको लक्ष्य चाहिँ के हो ?
राम्रो मोडल, डान्सर भनेर चिनिन पाउँ । मेरो नाम सुन्ने वितिक्कै ओहो मोडल निशा भन्ने बन्न सकूँ ।

सवभन्दा मनपर्ने अंग कुन ?
आँखा सवभन्दा मन पर्छ । त्यसपछि ओठ ।

आफूप्रति कुनै गुनासो छ ?
कला क्षेत्रमा ढिलो प्रवेश गरेँ भन्ने लाग्छ । अलि पहिला प्रवेश गरेको भए यतिबेला धेरै काम गरिसकेको हुन्थेहोला भन्ने महसुस हुन्छ । समयले साथ नदिँदा ढिलो आएँ ।

समग्रमा कलाकारिता क्षेत्र कस्तो लाग्छ ?
कलाकारिता क्षेत्र राम्रो छ । समाजको ऐना भएर आफूलाई प्रस्तुत गर्न पाइन्छ । नाम पनि छ, कमाई पनि राम्रै हुन्छ । कलाकारहरुलाई सम्मान गर्नुहुन्छ, कलाकारलाई देख्दा पब्लिक एकदम खुशी हुनुहुन्छ । कलाकारको माध्यमबाट समाजलाई ठूलो योगदान गर्न सकिन्छ ।

विकृति पनि छ भन्छन नि ?
मैले चाहिँ अहिलेसम्म त्यस्तो देखेको छैन । मुख्यगरी राम्रो वा नराम्रो आफैँमा भरपर्छ भन्ने लाग्छ ।

लभ भनेको के हो ?
लभ हरेक मानिसका लागि आवश्यक पर्छ । आमा, बुबा, दाजुभाई, दिदीबहिनी, छोराछोरीबीच हुने लभ र प्रेमीप्रेमिकाबीच पनि लभ हुन्छ । तर पछिल्लो समय चाहिँ लभ भनेको प्रेमीप्रेमिका बीच मात्रै हुनेहो भन्ने ढंगले बुझेको पनि पाइन्छ । केही काम नपाएर लभ गर्नेहरु पनि देखिन्छन् ।


  •  
  •  
  •