मोरङमा निसास्सिएर ४ जनाको मृत्यु

292
  •  
  •  
  •  

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ मुसलमान टोलमा शौचालयको हजमा रहेको काठको सेटिङ खोल्ने क्रममा निसास्सिएर ४ जनाको  मृत्यु भएको छ ।

मर्कस मस्जिदको कम्पाउन्डमा निर्माणाधीन शौचालयको हजमा रहेको काठको सेटिङ खोल्न हज भित्र पसेका मोरङको सुनवर्षी नगरपालिका–९ का ४५ वर्षीय कपिल आलम, २० वर्षीय मो. फिरोज, १९ वर्षीय सहनवाद र २२ वर्षीय मो.ओसिब आलमको मृत्यु भएको हो ।

घाइते अवस्थामा फेला परेका चारै जनालाई प्रहरी चौकी डाईनिया र ईलाका प्रहरी कार्यालय रङगेलीको प्रहरी टोली तथा स्थानीय वासीले उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल लगेका थिए ।
तर उनीहरुको उपचारकै क्रममा ६ बजे मृत्यु भएका ईलाका प्रहरी कार्यालय रङगेलीले जनाएको छ ।

उद्धारका क्रममा ३ जना कामदार समेत सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •