‘निर्भया’ सामूहिक बलात्कार प्रकरणः चारै जना दोषीलाई आगामी मार्च ३ मा मृत्युदण्ड

92
  •  
  •  
  •  

नयाँदिल्ली । भारतमा ‘निर्भया’ सामूहिक बलात्कार प्रकरणका चारै जना दोषीलाई आगामी मार्च ३ मा मृत्युदण्ड दिइने भएको छ ।

a

सोमबार भारतको पटियाला हाउस अदालतले उनीहरुलाई मृत्युदण्ड दिइने मिति तय गरेको हो । भारतीय सञ्चारमाध्यमका अनुसार चारै दोषीलाई मार्च ३ का दिन बिहान ६ बजे मृत्युदण्ड दिइने छ ।
यसअघि दुईपटक उनीहरुलाई मृत्युदण्ड दिइने मिति पछि सारिएको थियो ।

पीडितकी आमाले उनीहरुलाई मृत्युदण्ड दिइने नयाँ मितिको स्वागत गरेपनि यसअघि पनि दुईपटक उनीहरुलाई दिइने मृत्युदण्डको मिति पछि सारिएका कारण आफू असन्तुष्ट रहेको जनाएकी छिन् ।


  •  
  •  
  •