सांसद निरु पाललाई कोरोना संक्रमण

89
  •  
  •  
  •  

काठमाडौं । नेकपाकी सांसद एवं महिला तथा सामाजिक समितिकी सभापति निरु पाललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।


कोभिड–१९ को लक्षण देखिएपछि उनले कोरोनाको स्वाब दिएर परीक्षण गराएकी थिइन्। आफूलाई हल्का ज्वरो आएको, जिउ धेरै दुखेको र श्वास फेर्न गाह्रो भएपछि जाँच गरेको उनले बताइन्। उनले आफूलाई कोभिड–१९ देखिएपनि हार नमान्ने बताएकी छिन्।
उनले भनेकी छिन्,‘कोरोना लागेपनि म यति छिट्टै हार खादिनँ। मलाई विश्वास छ म कोरोना जितेर छिट्टै काममा फर्किनेछु।’
उनले यो बीचमा आफ्नो सम्पर्कमा रहेकालाई जाँच गराउन र आफन्तलाई नआत्तिन भनेकी छिन्।


  •  
  •  
  •