नीर शाह खतरामुक्त

199
  •  
  •  
  •  

काठमाडौं, १७ असार (ओएनएस) – हृदयघात पछि गंगालाल अस्पताल भर्ना भएका निर्देशक एवम् अभिनेता नीर शाहाको स्वास्थ्यमा सुधार आएको छ । उपचारमा संलग्न चिकित्सक अरुण मास्केले बताए अनुसार शाहा अहिले खतरामुक्क्त छन् ।

४८ घण्टा भेन्टिलेटरमा राखेपछि उनको अवस्था बिस्तारै सुघ्रिदै गएको  हो । उनी अहिले परिवारका सदस्यसँग दोहोरा कुराकानी गर्न थालिसकेको अस्पताल श्रोतले जनाएको छ । अकस्मात हृदयघात भएपछि शनिवार दिउसो उनलाई उपचारका लागि गंगालाल पुर्याइएको थियो । उपचारमा संलग्न चिकित्सक टोलीले शनिवारनै शाहको मुटुको एन्जियोप्लाष्ट गरेका थिए ।

नीर शाह पछिल्लो समय डाइमण्ड शमशेरद्धारा लिखित उपन्यास ‘सेतो बाघ’ लाई आफ्नै निर्देशनमा तयार पार्ने काममा जुटेका थिए । फिल्मको छायांकन सकिएर सम्पादनको चरणमा पुगेको थियो ।

 


  •  
  •  
  •