काठमाडौं एमाले अध्यक्ष कुइकेलमाथि साढे ४६ करोड भ्रष्टाचारको मुद्दा

210
  •  
  •  
  •  

Nirmal_kuikel_ktm4_UMLकाठमाडौं, ९ माघ (ओएनएस) : नेकपा एमाले काठमाडौं जिल्ला कमिटि अध्यक्ष निर्मल कुइकेलसहित ७ जनाबिरुद्ध भ्रष्टाचारको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

पशुपति क्षेत्र विकास कोषको रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलले शुक्रबार मुद्दा दर्ता गराएको हो ।

कुइकेल सदस्यसचिव भएको बेलमा ४६ करोड ५६ लाख ८७ हजार बराबरको रकम हिनामिना भएको आरोप छ ।

कुइकेलसँगैे कोषका पूर्वसदस्य सचिव सुशील नाहाटा, काठमाडौंका पूर्व स्थानीय विकास अधिकारी महेन्द्रलाल श्रेष्ठ, पूर्व योजना अधिकृत भिष्मकुमार मल्ल, प्रेमराज जोशी ,गोपाल पराजुली, बालुवा उत्खननकर्ता बच्चुराम दाहाल र मिठाराम दाहालका विरुद्ध मुद्दा दायर गरिएको छ ।

उनीहरुबिरुद्ध कोषको स्वामित्वमा रहेको गोठाटारस्थित ५३४ रोपनी वन क्षेत्र वरपर रहेको बालुवा खानी ठेक्का प्रकरण अनियमितता गरेको अख्तियारको आरोप छ ।

कुइकेल २०७० सालमा भएको संविधानसभाको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट एमालेको उमद्वार बनेको थिए । उनलाई नेपाली काँग्रेसका युवा नेता गगन थापाले पराजित गरेका थिए ।


  •  
  •  
  •