‘कोभिड–१९ का कारण कौसी खेतीले झन् महत्व पायो’

134
  •  
  •  
  •  

अहिले विश्व नै कोरोनाभाइरसको चपेटामा छ । विश्व अर्थतन्त्र खुम्चिएको छ । नेपाल पनि त्यसबाट अछुतो छैन ।

रोजगारी गुमाइरहेका छन् । अब हामीले गर्नुपर्ने भनेको पहिलो त कृषि नै हो । विदेशबाट फर्कने हुन् वा स्वदेशमा रहेका युवाहरूलाई कृषि क्षेत्रमै लाग्न प्रेरित गर्नुपर्छ ।

कृषिमा युवाको लगाव बढ्दो छ । संघ, प्रदेश र स्थानीय सरकारले जमिन बाँझो नराख्ने नीति लिएका छन् । प्रदेश सरकारले त बाँझो जमिनमा खेती गर्नेलाई नगद दिने प्रावधान पनि ल्याएको छ । यदि जमिन बाँझो छ भने यो अवसर पनि हो ।

अहिले कृषिमा ६२ प्रतिशत आश्रित छन् भनिन्छ । यो कृषिको क्षेत्रको ठूलो समस्या हो । धेरै जनशक्ति कृषिमा आश्रित हुनु भनेकोे देश समृद्ध नहुनु हो ।

राज्यले परिकल्पना गरेको ‘सुखी नेपाली, समृद्ध नेपाल’ हासिल गर्न कृषि क्षेत्रमा आश्रित जनसंख्या घटाउनुपर्र्छ । कृषिमा आश्रित जनसंख्या घटाएर ३० देखि ३५ प्रतिशतमा झार्न पर्छ ।

हामीले अहिले कृषिको आधुनिकिकरण गर्ने, कृषकमा नयाँ प्रविधिको प्रयोग, अनुदान दिने गरेका छौं । यसलाई अझ बढवा दिनुपर्छ ।

जब उत्पादक बढ्छ त्यो स्वतःसेवा क्षेत्रमा आउँछ । कृषिको उत्पादक बढे त्यो जनसंख्या गैरकृषि क्षेत्रमा आवद्ध हुन्छ । अहिले हामीले गरिरहेको आधुनिकिकरणको प्रयास हो ।

म कृषि ज्ञान केन्द्र ललितपुरमा आइसकेपछि कृषिको विकासमा लागि ठूलो प्रयासमा लागेको छु । अहिले हाम्रो मुख्य उद्देश्यभनेको सहि किसानले अनुदान पाएकी पाएनन् भन्ने हो । कृषि आधुनिकिकरणलाई योगदान पुगोस् भन्ने हो । अहिले म आएपछि गलत गरिकाले अनुदान दिएको छैन ।

यो वर्ष हामीले कोभिड–१९ काकारण कौसी खेतीलाई उठान गरेकाथिएनौँ । अहिलेको विषम् परिस्थितिमा जहाँ जे उत्पादन गर्न सकिन्छ, त्यहाँ त्यहिँ उत्पादन गरौँ भन्ने अभिप्राय हो । अहिले काठमाडौं उपत्यकामा ५ लाख रोपनी छत छ ।त्यो भनेको ठूलो क्षेत्र हो ।

तीे छतमा पारिवारिक उपभोगका लागि सजिलैसँग तरकारी,फलफूल उत्पादन गर्न सकिन्छ । हामीले गतवर्षदेखि उत्पादन सुरु गरेका छौँ । कोभिड–१९ आइसकेपछि कौसी खेतीले झन् महत्व पाएको छ । अहिले हामीले २ हजार घरधुरीमा कौसी स्थापना गर्दैछौं ।

कौसी खेतीका लागि निःशुल्क प्राविधिक सहयोग गरिरहेका छौँ । तालिम दिन्छौं । लागतमाउहाँहरू (कौसीखेतीगर्ने) ले न्यूनतम १० हजार पुँजीलगाउनु हुन्छ, हामीले अधिकतम १० हजार रुपैयाँ अनुदान दिन्छौं । कौसी खेतीलाई अझ विस्तार गर्न उहाँहरुले पुँजी थप्नुहुन्छ ।

काठमाडौँ उपत्यकाको हकमा कौसीमै एउटा परिवारका लागि चाहिने तरकारी र केही फलफूल उत्पादन गर्न सकिन्छ । कतिपयले उत्पादन गरिरहेका छन् ।

अब थपिने जनशक्तिले बाँझो जमिनको उपयोग गर्छ । अर्को कृषिमा आधुनिक उद्योगको स्थापना र सञ्चालन पनि आवश्यकता हो । त्यसैले कृषिमा आधारित उद्योगमा जोड दिनुपर्ने देखिन्छ ।

कृषिमा पर्याप्त जनशक्ति छ, अबबाँझो जमिनमा खेतीगर्ने र सामुदायिक वनको जमिनको उपभोग हो । त्यहाँ आर्थिक गतिविधि सञ्चालन गर्नुपर्छ ।

(कृषि ज्ञान केन्द्र, ललितपुरका प्रमुख गदाल सँग गरिएको कुराकानीका आधारमा)


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here