काठमाडौं, २७ असाेज (ओएनएस) : चलचित्र निर्देशक साजिद खानमाथि यौन उत्पीडनको आरोप लागेपछि बलिउड अभिनेता अक्षय कुमारले हाउसफुल ४ को सुटिङ रद्द गर्ने निर्णय गरेका छन्। इटालीबाट बिहिबार फर्किएका अक्षयले सामाजिक सञ्जाल ट्विटरमा उनले दुर्व्यवहार दोषीसँग काम नगर्ने बताउँदै तत्कालकाे लागि सुटिङ रद्द गर्ने निर्णय गरेका हुन्।
निर्देशक साजिदबिरुद्ध बिहिबार तीन महिला अभिनेता राहेल व्हाइट, सहायक निर्शेक सलोनी चोपडा र पत्रकार करिश्मा उपाध्यायले यौन दुर्व्यवहार गरेको भन्दै नाम सार्वजनीक गरेका थिए ।
उनले ट्विटममा भनेका छन्, ‘हिजो रातिमात्र म स्वदेश फर्किएँ र मैलै सबै समाचारहरु पनि पढेँ । मैले हाउसफुल ४ का सबै निर्माताहरुलाई आगामी अनुसन्धान नहुञ्जेलसम्मका लागि सुटिङ रोक्न आग्रह गरेको छु । यो मुद्दालाई कडारुपमा उठाउनको लागि यो आवश्यक पनि छ । म कुनै पनि दुर्व्यवहार दोषीसँग काम गर्दिनँ र जोदुर्व्यवहारमा परेका छन्, उनीहरुको विषयमा सुनुवाई हुनुपर्छ र उचित न्याय पनि पाउनुपर्छ ।’