जेठ मसान्तसम्म काम सक्ने गरी ठेक्का दिन मुख्यमन्त्रीको निर्देशन

130
  •  
  •  
  •  

रुपन्देही । मुख्यमन्त्री शंकर पोखरेलले विकास आयोजनाको ठेक्का अवधि जेठ मसान्तसम्म हुने गरी अघि बढ्न निर्देशन दिएका छन् ।

मन्त्रालयहरुले आयोजना गरेको वार्षिक कार्ययोजना प्रस्तुतीकरण कार्यक्रममा बोल्दै उनले विकास निर्माणका काम जेठ मसान्तसम्म सक्ने गरी अघि बढ्दा कामको गुणस्तर र प्रभाव बढ्ने बताए ।

‘असार लागेपछि वर्षायाम शुरु हुने भएकाले कामको गुणस्तर कमजोर हुन्छ, आर्थिक वर्षको अन्त्यमा हतार हतारमा बजेट कार्यान्वयन गर्ने प्रवृति अन्त्यको लागि जेठ मसान्तलाई बजेट कार्यान्वयनको समयसीमा मानौँ,’ उनले भने । पोखरेलले साना आयोजनालाई आबको आठ महिनाभित्र टुंग्याउने गरी अघि बढ्नुपर्ने बताए ।

उनले विकास आयोजनाको निमार्ण गर्दा २० वर्ष पछिको अवस्थालाई ख्याल गर्न र बहुवर्षीय आयोजनालाई पहिले नै टुंगो लगाएर अघि बढ्न मन्त्रालयहरुलाई निर्देशन दिए ।

उनले प्रदेशका १०गौरवका आयोजनाको छनौटको तयारीमा लाग्न मन्त्रालयहरुलाई निर्देशन दिए । आर्थिक मामिला बाहेक अरु पाँच मन्त्रालयले कम्तिमा तीन आयोजना छनौट गरी प्रस्ताव अघि बढाउनु पोखरेलले भने,त्यसमध्ये राम्रो आयोजना छनौट गरी अघि बढ्न सकिन्छ’ पोखरेलले भने ।

उनले प्रदेशका गौरवका आयोजना आयोजनामा श्रोतको द्विविधा नराख्न मन्त्री र सचिवहरुलाई आग्रह गरे ।
उनले चरंग—झुम्सा वाइपास सडकमा यो आव भित्रै गाडी चल्न सक्ने गरी काम गर्न निर्देशन दिए । ‘काम छिटो र राम्रो गरौं,श्रोतको अभाव भयो भने व्यवस्थापन हुन्छ’ मन्त्री पोखरेलले भने ।

उनले लुम्बिनी प्रादेशिक अस्पताललाई पूर्वाधार र व्यवस्थापन राम्रो बनाउने गरी काम गर्न निर्देशन दिए ।
‘राम्रो आन्तरिक श्रोत भएको अस्पताल अस्तव्यस्त छ, अस्पतालको अहिलेको अस्तव्यस्त अवस्था अन्त्य हुनुपर्छ’ पोखरेलले भने ।

तुलसीपुर र बुटवलमा विशेषज्ञ सेवा उपलब्ध गराउने र सामान्य चिकित्सा सेवाको लागि जिल्ला अस्पतालमै उपचार हुने व्यवस्था गर्ने गरी काम हुनुपर्ने बताए ।

‘विपदको व्यवस्थापन गर्ने क्षमता विकास गर्ने गरी अघि बढौं’ उनले भने । उनले सामाजिक मन्त्रालयले गर्ने कार्यक्रमको प्रतिफल यही वर्ष पाउने हुनुपर्ने बताए । अरु मन्त्रालयले गर्ने काको प्रतिफल पाउन समय लाग्छ, तर राम्रो गरी काम गर्न सक्दा सामाजिक विकास मन्त्रालयको प्रतिफल तत्काल पाउन सकिन्छ ।

उनले बन क्षेत्रमा ठूला जलाशय बनाउने कामलाई अभियानका रुपमा अघि बढाउने गरी अघि बढ्न निर्देशन दिए । अहिले साना पोखरी बनाएर त्यसको प्रभाव नदेखिने भएकाले ठूला जलाशय बनाउन योजना बनाएर अघि बढ्नुपर्ने पोखरेलको भनाइ थियो ।

उनले बनलाई संरक्षणसगैं वन पैदावर उत्पादन केन्द्रका रुपमा विकास गर िअघि बढ्नुपर्ने बताए । पोखरेलले रुपन्देहीमा निलगाई संरक्षणको लागि विशेष सामुदायिक बन र रुकुममा रेडपाण्डा संरक्षण केन्द्र बनाएर अघि बढ्न निर्देशन दिए ।

पर्यटन प्रवद्र्धनका लागि लुम्बिनी केन्द्रित भएर गर्न निर्देशन दिँदै ‘लुम्बिनी र यससंग सम्बन्धित स्थलहरुमा पर्यटन प्रवद्र्धनको काममा ध्यान दिऔं, त्यसपछि अरु सम्पदालाई जोडौं’ मुख्यमन्त्री पोखरेलले भने ।
निग्लिहवा र गोटिहवामा बुद्धमूर्ति प्रतिस्थापन र रामग्रामको बौद्धकालीन संग्रहालय नमूना बन्नुपर्ने उनको भनाई थियो ।

पाल्पा दरबार संग्रहालय प्रदेशको सांस्कृतिक संग्रहालयको रुपमा विकास गर्नुपर्ने मुख्यमन्त्रीले बताए । त्यसैगरी सुस्तामा बनाउन लागेको मोडेल भिलेजमा मोडेल होमस्टे बनाउन निर्देशन दिए ।

 


  •  
  •  
  •